गम्भीर मानसिक समस्या सिजोफ्रेनिया: लक्षण, कारण र उपचार

    स्किजोफ्रेनिया अर्थात् सिजोफ्रेनिया एक किसिमको गम्भीर मानसिक समस्या हो। स्किजोफ्रेनिया भएपछि नचाहिने सोचहरू आउने, हुदैं नभएको चिजहरु देखे जस्तो लाग्ने र कसैले बोलाए जस्तो लाग्ने हुन्छ। यो समस्या भएपछि मानिहरुले आफैलाई हानी पुग्ने कामहरू गर्न सुरु गर्छन। स्किजोफ्रेनियामाभ्रम,मतिभ्रम र अनौठो व्यवहार देखिन्छन्। यसले मानिसको दैनिक जीवनमा बाधा पुर्यागउँछ। स्किजोफ्रेनिया भएको व्यक्तिलाई जीवनभर उपचार चाहिन्छ। प्रारम्भिक उपचारले भने गम्भीर जटिलताहरू नियन्त्रणमा राख्न मद्दत गर्छ।

    लक्षण
    स्किजोफ्रेनिया भएका फरकफरक व्यक्तिमा फरकफरक लक्षणहरू देखिन्छन्। तर सामान्यतया भ्रम र मतिभ्रम यसका मुख्य लक्षणहरू हुन्। आममानिसहरुमा हेलुसिनेशन (मतिभ्रम) नै स्किजोफ्रेनिया हो भन्ने भ्रम छ। तर मतिभ्रम स्किजोफ्रेनियाको एउटा लक्षण मात्रै हो। लक्षणहरू समयसँगै सामान्य र गम्भीर हुन सक्छन्।

    भ्रम– स्किजोफ्रेनिया भएकाहरू वास्तविक चिजहरुमा विश्वास नै गर्दैनन्। उनीहरु कसैले आफुलाई हानी गर्दै छ वा दुख दिईरहेको छ भन्ने मान्छन्। जस्तो, ठूलो विपत आऊँदै छ भन्ने सोच्ने, कसैले आफुलाई मार्दै छ भन्ने सोच्ने वा आफू शक्तिशाली हुँ भन्ने अनुभूति गर्ने।

    मतिभ्रम– स्किजोफ्रेनिया भएकाहरुलाई हुदैं नभएको आवाज सुन्नु, कसैले बोलाए जस्तो लाग्नु, हुदैं नभएको वस्तुहरु देखे जस्तो लाग्नु हुन्छ। यस्तो हुँदा कुनै पनि कुरामा विश्वास गर्न गारो मान्ने, ध्यान केन्द्रित गर्न नसक्नु तथा कुनै निर्णय लिन गाह्रो हुन्छ।

    अव्यवस्थित बोली- स्किजोफ्रेनिया भएका मान्छेहरु कुनै पनि कुरामा राम्रोसँग प्रतिक्रिया जनाउन सक्दैनन्। कुनै पनि प्रतिक्रिया जनाउँदा अनुहार भावविहीन हुने गर्छ। उनीहरु कुनै पनि प्रश्नको पूर्ण जवाफ दिन समेत सक्दैनन्। कसैकसैले अर्थहीन कुरा गरेर जिद्दी गर्ने समेत गर्छन्।

    असामान्य व्यवहार– यस्ता व्यक्तिहरुले एकदमै असामान्य व्यवहार देखाउन सक्छन्। अनुपयुक्त आसनमा बस्दिने,कुनै कुरामा आवश्यक भन्दा बादी प्रतिक्रिया दिने कुनैमा प्रतिक्रिया नै नदिने जस्ता।

    नकारात्मक लक्षणहरू– व्यक्तिले आफ्नो सरसफाइलाई बेवास्ता गर्ने,कसैसंग पनि सिधा भएर बोल्न नसक्ने गर्न थाल्छ। जसले गर्दा दैनिक कामहरुमा वाधा पुग्छ। कुनै पनि चिजमा सन्तुष्ट हुन छोड्छ र आफैलाई हानी पुर्याउन सक्छ।

    स्किजोफ्रेनिया पुरुषहरूमा सामान्यतया २० वर्षको उमेरदेखी सुरु हुन्छ भने महिलाहरुमा २० वर्ष सकिँदै गर्दा सुरु हुन सक्छ। बच्चाहरू र ४५ वर्ष उमेर कटेकाहरुलाई भने स्किजोफ्रेनिया खासै देखिने गरेको छैन।

    किशोरकिशोरीहरूमा स्किजोफ्रेनिया
    किशोरकिशोरीहरूमा हुने स्किजोफ्रेनियाका लक्षणहरू वयस्कहरूमा जस्तै हुन्छन्। तर अवस्था पहिचान गर्न गाह्रो हुन सक्छ।
    -साथीभाई र परिवार कसै सँग बस्न नखोज्ने
    -पढाईमा मन नलगाउने
    -निन्द्रामा समस्या
    -झर्को मान्ने वा चिडचिडापन बढ्ने
    -कुनै कुरामा ध्यान केन्द्रित बनाउन नसक्ने
    -यस्तो अवस्थामा किशोरकिशोरीहरूले गाँजा जस्ता चिजको प्रयोग गर्ने सम्भावना बढी हुन्छ जसले भिजुअल हेलुसिनेशन हुन सक्छ।

    कारण
    स्किजोफ्रेनिया के कारणले हुन्छ भन्ने अहिले सम्म पत्तो लागेको छैन। तर अनुसन्धानकर्ताहरू वंशानुगत,मस्तिष्क रसायन र वरपरको वातावरणले गर्दा यो समस्या निम्तिन सक्छ।

    डोपामाइन र ग्लुटामेट भनिने न्यूरोट्रान्समिटरहरू सहित केही प्राकृतिक रूपमा हुने मस्तिष्क रसायनहरूको समस्याले स्किजोफ्रेनियाको विकासमा मदत गर्न सक्छ। न्यूरोइमेजिङ अध्ययनहरूले स्किजोफ्रेनिया भएका मानिसहरूको मस्तिष्क संरचना र केन्द्रीय स्नायु प्रणालीमा भिन्नता देखाउँछ। यद्यपि खोजकर्ताहरू यी परिवर्तनहरूको महत्त्वको बारेमा निश्चित छैनन्, तिनीहरूले स्किजोफ्रेनिया मस्तिष्कसँग सम्बन्धित रोग हो भन्ने गर्छन्।

    -अधिकांश मानिसमा वंशाणुगत गुणका कारण स्किजोफ्रेनिया हुने गर्छ। यदि, आमाबुबामा सिजोफ्रेनिया छ भने बच्चामा पनि हुने सम्भावना अधिक रहन्छ।

    -लागु पदार्थ सेवन तथा औषधिको दुरुपयोगका कारण पनि मतिभ्रम भएर स्किजोफ्रेनिया हुन सक्छ।

    -केही गर्भावस्था र जन्मजात जटिलताहरू, जस्तै कुपोषण वा अन्य भाइरसहरूको जोखिमले मस्तिष्कको विकासलाई असर गर्न सक्छ र स्किजोफ्रेनिया हुन सक्छ।

    -मानसिक रोगलाई सहज नमान्ने वातावरणको कारण पनि स्किजोफ्रेनियाको विकास हुन सक्छ।

    डाक्टरकोमा कहिले जाने?
    स्किजोफ्रेनिया भएका व्यक्तिहरूलाई डाक्टरकोमा जानुपर्छ भन्ने चेतना नहुन पनि सक्छ। त्यसैले आफुलाई यस्ता समस्या देखिएमा परिवार वा साथीभाईलाई सेयर गर्नुपर्छ जसले डाक्टरकोमा जान पनि सहयोग मिल्न सक्छ। स्किजोफ्रेनिया हुँदा आत्महत्याको विचार आउने हुनाले पनि सबै समस्याहरू अर्को व्यक्तिसँग सेयर गर्न जरुरि हुन्छ।

    जटिलताहरू
    समयमा उपचार नगर्दा स्किजोफ्रेनिया जीवनको हरेक क्षेत्रलाई असर गर्ने गम्भीर समस्याहरू निम्त्याउन सक्छ। स्किजोफ्रेनियाले निम्त्याउन सक्ने सक्ने जटिलताहरू निम्न छन्;

    -आत्महत्याको विचार, आत्महत्याको प्रयास वा आत्महत्या
    -डिप्रेसन
    -रक्सी वा अन्य लागु पदार्थको दुरुपयोग
    -काम गर्ने ठाउँमा अनुपस्थित या असक्षमता
    -आर्थिक समस्या
    -स्वास्थ्य सम्बन्धी अन्य समस्याहरू
    -रिस या चिन्ता बढ्ने

    रोकथाम/ उपचार
    स्किजोफ्रेनियालाई रोक्नको लागि कुनै निश्चित तरिका छैन। तर पनिसमयमा काउन्सिलिङ र साइकोथेरापी गर्न जरुरि हुन्छ। आफूलाई सकारात्मक राख्ने कोसीस गर्ने, धेरै नसोच्ने र दैनिक जीवनशैलीमा ध्यान दिएमा स्किजोफ्रेनिया फेरि हुन वा बिग्रनबाट मद्दत मिल्न सक्छ। आवश्यक परेमा डाक्टरको सल्लाहमा औषधि समेत खानुपर्छ।

    स्किजोफ्रेनिया भएकाहरूलाई कसरी सहायोग गर्ने?
    यदि तपाईंले चिनेको कसैलाई स्किजोफ्रेनियाको लक्षणहरू देखिएको छ भने उक्त व्यक्तिसँग कुरा गर्नुहोस्। उसलाई प्रोत्साहन र समर्थन गर्नुहोस्। तपाईंको काउन्सिलिङ र समय मात्रै उक्त व्यक्तिलाई पर्याप्त नहुन सक्छ। त्यसैले आवश्कता अनुसार उसलाई मानसिक रोग विशेषज्ञ वा काउन्सिलर सँग भेट गराउन मदत गर्नुहोस्। उसको कुरा सुन्दिनुहोस् र उसको ख्याल राख्नुहोस्।