कार्तिक महिना कस्तो रहला तपाइको दिन ? हेर्नुहोस मासिक राशिफल

कार्तिक महिना कस्तो रहला तपाइको दिन ? हेर्नुहोस मासिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो महिनामा मेष राशिका व्यक्तिहरूलाई स्थान परिवर्तनका विशेष योग देखिन्छन् । आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ । जोशजाँगर र हिम्मत बढ्नेछ । कुनै कुराले मनमा शान्ति छाउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन र महत्वकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । यो महिनाको लागि शुभ अङ्क १,६ र शुभ रङ्ग गुलाबी वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वृष राशिका लागि कार्तिक महिनामा शुभारम्भको चर्चा चल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो महिनाको लागि शुभ अङ्क ६,९ र शुभ रङ्ग पहेँलो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि कार्य प्रारम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) यो महिनामा लामो यात्रा सुखद् र सफल हुनेछ । चलाखीपूर्ण बोलीले कार्य सम्पादन हुनसक्छ । प्राविधिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो महिनाको लागि शुभ अङ्क २,६ र शुभ रङ्ग पहेँलो वा सेतो हो । कुन शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

अबको २३ दिन भरी यी राशिलाई मिल्नेछ शुभ खबर, चम्किनेछ भाग्य ! –
by Taboola
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) यो महिनामा नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ । कार्य क्षेत्रमा सजग रहनु उचित हुनेछ । मध्य महिनामा वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । घर, जग्गा खरिद बिक्रीको योग छ । सफल यात्रा पनि हुन सक्छ । यो महिनाको लागि शुभ अङ्क १,७ र शुभ रङ्ग गुलाबी वा आकाशे नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व महामृत्युञ्जय भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सिंह राशिका लागि कार्तिक महिनामा नयाँ कार्यको थालनी हुनेछ । छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । वाहन लाभ हुने समय छ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ, तर मध्य महिनामा भने स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ । पुँजी बजारको लगानी पनि त्यति राम्रो नहोला । यो महिनाको लागि शुभ अङ्क १,८ र शुभ रङ्ग सेतो वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व पितृ देवको आमरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) यो महिना समग्रमा सकारात्मक महिना रहेको छ । कला र गलाको प्रभाव बढ्दै जानेछ । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । ब्यापार व्यवसायबाट आम्दानी हुनेछ । यो महिनाको लागि शुभ अङ्क ७,८ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) तुला राशिका लागि कार्तिक महिना राम्रो फल मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ पद, प्रतिष्ठा, वस्त्र र अलंकार प्राप्ति हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । नजिकका व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । वैदेशिक यात्राको योग पनि छ । यो महिनाको लागि शुभ अङ्क ३,४ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) वृश्चिक राशिका लागि कार्तिक महिनामा त्यति राम्रो फल मिल्नेछैन अतः मिश्रित पहल मिल्नेछ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । महिनाको मध्यबाट आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ । यो महिनाको लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीलाई स्मरण गरि आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धनु राशिका लागि कार्तिक महिनामा जोशजाँगर र हिम्मत बढ्ला । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । नयाँ लगानी र आर्थिक वृद्धि हुने देखिन्छ र व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक यात्राको योग पनि बन्नेछ । यो महिनाको लागि शुभ अङ्क १,६ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्तिक महिनामा सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै कला साहित्यका क्षेत्रमा विशेष लगाव रहनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । रमाइलो भेटघाट हुनेछ । मुद्दा मामिलामा सफलता पाइनेछ । महिनाको अन्त्यमा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवदुर्गालाई आमरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कुम्भ राशिका लागि कार्तिक महिनामा नसोचेको ठाउँबाट धनागम हुनेछ । शुभ समाचार सुन्न पाइएला । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । महिनाको अन्त्यबाट स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । यो महिनाको लागि शुभ अङ्क २,८ र शुभ रङ्ग रातो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीको दर्शन गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मीन राशिलाई यो महिनामा मिश्रित फल मिल्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नसक्छ । घर परिवारमा झैझमेलाको अवस्था आउला । नियमित खर्चसमेत बढ्ने योग छ । महिनाको उत्तरार्धबाट ठीक समयमा सही निर्णय लिन सकिनेछ । शैक्षिक क्षेत्रमा सफलता पनि मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग हल्का पहेँलो वा रातो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीलाई स्मरण गरि आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।