चेस खेल्दा दिमागमा कस्तो असर पर्छ ? जान्नुहोस्

चेस खेल्दा दिमागमा कस्तो असर पर्छ ? जान्नुहोस्

चेस एउटा दिमागी खेल हो जो मानसिक समस्याबाट ध्यान हटाउन सहयोगी हुन्छ । जसले गर्दा कैयौं स्वास्थ्य समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ । आउनुहोस् जानौं चेस खेल्दा मानसिक स्वास्थ्यमा पार्ने प्रभावबारे ।

चेस खेल्दा शारीरिक शक्ति प्रयोग हुँदैन बरु मानसिक तागतको प्रयोग हुन्छ । यसले राम्रो मानसिक कसरत हुन्छ । यसलाई खेल्दा तपाईंको मानसिक तनाव कम हुन सक्छ ।

चेस खेल मात्र नभएर एक प्रकारको मानसिक कसरत हो जसले तपाईंको निर्णय लिने क्षमता पनि राम्रो हुन्छ । साथै, विस्तारै तपाईंको स्मरण शक्ति पनि तेज हुन थाल्छ । चेस खेल्दा जब तपाईंको चाल राम्रो हुन्छ, त्यतिबेला तपाईंको शरीरमा एन्डाफिन्नस नामक विशेष हर्मोनको उत्पादन सुरु हुन्छ जसले रक्तचाप घट्छ र मांसपेशीमा आराम मिल्छ ।

चेस खेल खेल्दा तनावमा ५३ प्रतिशतसम्म कमी आउँछ । यसबाहेक शरीरमा कयौं प्रकारका स्वस्थ क्यामिकल रिलिज हुन्छन् । यी सबै गतिविधि एकसाथ हुँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि बलियो हुन्छ ।

यदि, दैनिक बच्चालाई ३० देखि ४० मिनेटसम्म चेस तथा लुडो जस्ता खेलाउनुहुन्छ भने मानसिक विकास राम्रो हुन्छ । खासगरी उनीहरूको तार्किक तथा बहस गर्ने भागको दिमागको विकास राम्रो हुन्छ ।