यस योगमा जन्मेका व्यक्तिले जीवनभर सङ्घर्ष गर्नु पर्ने हुन्छ, जान्नुहोस् समाधानको उपाय !

    ज्योतिष शास्त्र अनुसार कुनै पनि व्यक्तिको कुण्डलीमा शुभ र अशुभ दुवै योग रहेको हुन्छ । शुभ योगले व्यक्तिलाई उचाइमा पुर्‍याउँछ भने अशुभ योग भएमा व्यक्तिले जीवनभर सङ्घर्ष गर्नुपर्ने हुन्छ । साथै, व्यक्तिले भाग्यको साथ पाउँदैन। त्यस्तै यस पोस्ट मार्फत हामी एउटा अशुभ योगको बारेमा बताउन जाँदैछौँ, जसको नाम ‘विष योग’ हो । यदि कुनै व्यक्तिको कुण्डलीमा यो योग बनिरहेको छ भने त्यस व्यक्तिले निकै दुःखको सामना गर्नुपर्ने हुन्छ । जीवनमा एकपछि अर्को समस्या आइरहन्छ । जान्नुहोस् कुण्डलीमा यो योग कसरी बन्छ र यसको प्रकोपबाट बच्ने उपाय।

    वैदिक ज्योतिष शास्त्र अनुसार शनि कर्कट राशिमा पुष्य नक्षत्रमा हुँदा र चन्द्रमा मकर राशिमा श्रवण नक्षत्रमा हुँदा वा चन्द्रमा र शनि विपरीत स्थानमा हुन्छन् । साथै दुवैले आ–आफ्नो भावबाट एक अर्कालाई हेर्दा विष योग बन्छ । यसका साथै आठौँ घरमा राहु र शनि (मेष, कर्कट, सिंह, वृश्चिक) राशिमा भएमा विष योग पनि बन्ने गर्छ ।

    जुन व्यक्तिको कुण्डलीमा विष योगका प्रभाव हुन्छ उसलाई भाग्यको साथ मिल्दैन । यस्तो अवस्थामा कहिलेकाहीँ उसले व्यवसाय परिवर्तन गर्नुपर्छ। चीजहरू बिग्रँदै जान सक्छ । साथै, शनि-चन्द्रमाको यो विष योगका कारण व्यक्तिले शारीरिक र मानसिक समस्याको सामना गर्नुपर्ने हुन्छ। मानसिक तनाबको सामना गर्न पर्ने हुन सक्छ। यसबाहेक व्यक्तिले भय, दुःख, असफलता, रोग, गरिबी, आलस्य र ऋणको सामना गर्नुपर्ने हुन्छ ।

    विष योगबाट बच्ने उपाय

    १- शनिबार कालो मास र कालो तिललाई तोरीको तेलमा हालेर त्यसलाई बाल्नुहोस् ।

    २- प्रत्येक शनिबार र मंगलबार पवन पुत्र हनुमानजीको पूजा गर्नुपर्छ ।

    ३- प्रत्येक शनिबार इनारमा-कुवामा दूध चढाउनुहोस्। यसो गर्नाले शनिदेवको विशेष कृपा प्राप्त हुने जनविश्वास रहेको छ ।

    ४- पीपलको रुखमुनि नरिवलले आफूलाई ७ घुमाएर नरिवललाई फुटाउनुहोस् । त्यसलाई प्रसादको रूपमा सबैलाई बाँड्नुहोस्।

    ५- भगवान शिवको रुद्राभिषेक हरेक सोमबार पाठ गर्नुहोस् । यसो गर्नाले विष योगबाट मुक्ति पाउन सकिन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *