गर्मीको सिजन सुरु भएको छ, धेरैले खरबुजा खाने गर्नु भएको होला, कृपया खरबुजा खानु पहिले यो अध्ययन गर्नुहोला। खरबुजा (Water melon) रातो र आकर्षक देखाउन, खरबुजालाई रातो बनाउन कहिलेकाहीँ सुईको सहायताले एरिथ्रोसिन केमिकल राखिएको हुनसक्छ यो एक प्रकारको विष हो । यस्तो खरबुजा चिन्ने तरिकाबारे सबैलाई जानकारी होस ।
१. पहेँलो दाग भएको खरबुजा छान्नुस् : हामी प्रायः चम्किलो वा पूरै हरियो भएको खरबुजा किन्छौँ । तर खरबुजा छान्दा पहेँलो दाग भएको छान्नु पर्छ । खरबुजा प्रायः माटोमाथि टुसुक्क बसेका हुन्छन् । यो हिस्सामा पहेँलो दाग बस्छ ।
२. घरमा खरबुजा ल्याएपछि काटेर हेर्नुस् । यदि खरबुजाभित्र ठुलो दरार देखिएको छ भने बुझ्नुस् यो खान लायक छैन । खरबुजामा सुई हाल्दा यस्तो दरार देखिन्छ ।
३. खरबुजालाई काटेर एउटा सानो टुक्रालाई पानीमा हालेर परीक्षण गर्नुस् । पानी तुरुन्तै रातो भयो भने बुझ्नुस् खरबुजामा इन्जेक्सन हालेर रातो पारिएको हो ।
४. खरबुजा काटेर कपासको सानो टुक्रालाई त्यसमाथि राखिदिनुस् । कपासमा रातो रंग सर्यो भने पनि बुझ्नुस् यो खरबुजा केमिकल हालेर पकाइएको हो ।