कपालमा चाया पर्ने समस्याको घरेलु उपाय ;

    काठमाडाैँ– चाया पर्ने समस्याका कारण धेरै मानिसहरुले असहज महसूस गर्ने अवस्था सिर्जना हुन्छ । विशेष गरी तालु रुखो हुँदा चाया पर्ने समस्या चाँडो देखिन्छ ।

    यदि बढी चाया पर्ने समस्या रहेमा अरू मानिसका अगाडि लाजमर्दाे अवस्था सिर्जना हुने, आत्मविश्वास कम हुने र आत्मबल कमजोर हुने जस्ता समस्याबाट चिन्तित हुनुपर्ने अवस्था आउन सक्छ ।

    आखिर कपालमा किन चाया पर्छ त भन्नेबारेमा चर्चा गर्न गइरहेका छौँ ।

    चाया पर्ने कारणहरु

    –दिनहुँ स्याम्पु परिवर्तन गर्नु र केमिकल युक्त स्याम्पुको प्रयोगले टाउकोमा असर पर्छ, जसको कारणले चायाको समस्या उत्पन्न हुन्छ ।

    –टाउकोमा तेल रहँदा टाउकोको छाला चिल्लो हुन्छ, जसको कारणले कपालमा फोहोर जम्मा हुन्छ र यही फोहोरले नै चायाको समस्या निम्त्याउँछ ।

    –यो फोहोरको कारणले कपाल झर्न शुरू हुन्छ । यति मात्र नभई अस्वस्थकर आहारको कारणले पनि कपाल चिल्लो हुन्छ । जसको कारणले कपालमा चायाको समस्या उत्पन्न हुन्छ ।

    यस्ता छन् चाया हटाउने घरेलु तरिका

    –एक चम्चा माटोमा गोलभेँडाको पेस्ट मिलाएर पेस्ट बनाई कपालमा लगाएर १५/२० मिनेट छोडेर कपाल धोएमा कपालमा रहेको चाया कम हुन्छ ।

    –अमिलो दहीमा थोरै पानी मिसाएर कपालमा लगाएर ३० मिनेट जति राखेर नुहाउनुस कपालको चाया घट्छ ।

    –रहरको दाललाई रातभर पानीमा भिजाएर बिहान उठ्ने बितिक्कै पिनेर कपालमा लगाउनुस र आधा घन्टा जति छाडेर नुहाउनुस कपालमा रहेको चाया जान्छ ।

    –बढीमा ५ वटा कागती काटेर २ लिटर पानीमा उमाल्नुहोस् र चिसो भइसकेपछि कपाल धुनुहोस् । तपाईको कपालमा रहेको चाया छिटै हटेर जान्छ ।

    –दाना मेथीलाई रातभर ढड्याएर राख्नुस र बिहान उठेर त्यसको पेष्ट बनाएर कपालमा लगाई आधा घन्टा जति कुरेर पखाल्नुस कपालको चाया कम हुन्छ ।

    –सरस्युँको तेल र कागतीको रस मिलाएर कपालमा लगाई मालिस गर्नुस् । एक दिन बिराएर यसो गर्न सकेमा तपाईँको टाउकोबाट चाया पूर्णरुपले हराएर जान्छ ।

    –नरिवलको तेल र कपुर मिलाएर राख्नुस र नुहाउनु भन्दा आधा घन्टा अघि मसाज गर्नुस् चाया हराएर जान्छ ।

    –एक ग्लास पानीमा चार चम्चा बेसन घोलेर पेस्ट बनाउनुस र कपालमा लगाएर एक घन्टा जति छोडेर नुहाउनुस् । तपाईँको कपालबाट चाया हट्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *