गायक रवि ओडले गरे प्रहरी समक्ष आत्मसमर्पण

    गायक रवि ओडले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । ‘नेपाल आइडल’ सिजन–२ का विजेता समेत रहेका कञ्चनपुरका गायक ओडले इलाका प्रहरी कार्यालय झलारीमा आत्मासमर्पण गरेको प्रहरीले जनाएको छ ।

    उनीविरुद्ध उनकी श्रीमतीले गत २० चैतमा वैवाहिक बलात्कारको आरोप लगाउँदै उजुरी दिएकी थिइन् । गायक ओड साङ्गीतिक कार्यक्रममा देशबाहिर रहेका कारण पक्राउ परेका थिएनन् ।नेपाल आएलगत्तै उनी आफै इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गर्न पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीले जानकारी दिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *