अप्नाउनुस यी ७ तरिका ! जसले मद्दत् गर्छ तौल घटाउन

    काठमाडौँ – तौल कसरी घटाउने ? यो धेरै मानिसहरूको चिन्ताको विषय हो । हुन त तौल घटाउने विभिन्न तरिका छन् । कोही जिम खाना जान्छन्  भने कोही डाईटीङ गर्छन्। तर, सामान्य नियम अपनाउँदा विना खर्च नै तौल घटाउन सकिने विज्ञहरूको सुझाव छ ।

    – दिनमा जति बढी हिँडिन्छ त्यति नै क्यालोरी घट्दै जान्छ । धेरैजसो शरीरको तौल घटाउन दुई घण्टा जिम खाना जाने र उठ्ने बित्तिकै आधा वा एक घण्टा हिँड्ने गर्छन् । यो तौल घटाउने सही योजना होइन । सामान्य तरिकाले पनि तौल घटाउन सकिन्छ । जस्तो अफिस वा कुनै कार्यालयमा जाँदा लिफ्ट वा विद्युतीय भर्‍याङ सकेसम्म प्रयोग नगर्ने । आफू जुन तलामा जाने हो, त्यहाँसम्म हिँडेर जाने राम्रो उपाय हो । यस किसिमको काम नियमित गरिरहँदा थाहा नपाई नै क्यालोरी घट्ने गर्छ ।

    – प्लेटको आकार घटाउनु पनि एक उपाय हो । एक अनुसन्धानअनुसार नौ देखि १० इन्चसम्म प्लेटको आकार कम हुँदा वर्षमा १८ पाउन्ड तौल कम हुन्छ ।

    – बेलुका वा बिहान खाना खानुभन्दा अधा घण्टाअघि १६ औन्स पानी पिउन विज्ञहरूको सुझाव छ । खानाअघि पानी पिउँदा धेरै खाना खान मन लाग्दैन । पानीले नै पेट भरिएको हुन्छ । पेट भरेको अवस्थामा खाना रुच्दैन । जसले पनि तौल घटाउन मद्दत गर्छ ।

    –फ्याट नभएको दूधको स्थानमा बदामको दूध प्रयोग गर्दा क्यालोरी घट्छ । बदामको दूध सेवनले शरीरमा ७५ प्रतिशत क्यालोरी कम हुने विश्वास गरिन्छ ।

    – अक्सर मानिसले बिहान र बेलुकाको खानामा फलफूल डिजर्ट मन पराउँछन् । फलफूलको स्थानमा कालो चकलेट डिजर्ट प्रयोग गरी तौल घटाउने सबैभन्दा उत्तम उपाय हो । कालो चकलेटले तौलका साथै सुगर लेभलसमेत घटाउँछ ।

    – बेलुका सुत्ने र बिहान उठ्ने तालिका एकैनासको हुँदा पनि तौल घट्छ । निद्रा नपुगेको अवस्थामा अल्छी भइन्छ । त्यसवेला खाना खाना पनि मन लाग्दैन । शरीरमा खाना पर्याप्त नहुँदा थकित बनाउँछ । सही समयमा निदाउने र उठ्ने बानी गरेका व्यक्तिको खाना पनि रुच्ने र क्यालोरी पनि एकनासको बनिरहन्छ । एक महिना मात्र यो तालिका अपनाउँदा शरीरको पाँच पाउन्ड तौल घट्छ ।

     

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *