ऊर्जामन्त्रीका सय दिन, नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्ने सम्झौतामा हस्ताक्षर

ऊर्जामन्त्रीका सय दिन, नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्ने सम्झौतामा हस्ताक्षर

काठमाडौँ, ७ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पछिल्लो पटक सिंचाइ मन्त्रालयको कुर्सी सम्हालेको ठिक १ सय दिन पुगेको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले आफ्नो सय दिनका मुख्य उपलब्धिहरु सार्वजनिक गर्नुभएको छ ।

सार्वजनिक उक्त मुख्य उपलब्धिहरुमा उहाँले ऐन, कानुन तर्जुमा तथा संस्थागत पुनःसंरचनातर्फ राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्ने ऊर्जा उत्पादनका आन्तरिक स्रोतहरुको अधिकतम विकास गर्न, राज्यको आन्तरिक विद्युत् खपत वृद्धि गर्न, अन्तरदेशीय विद्युत् व्यापारका सम्भाव्य प्रतिफलहरु प्राप्त गर्न तथा राज्यको ऊर्जा क्षेत्रको योजनावद्ध एवं समयानुसार विकास गर्नुपर्ने आवश्यकता अनुरुप सन् २०२३ देखि २०३५ सम्मका लागि गरिनुपर्ने कार्यहरु समेटेर “ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८१” तयार गरी स्वीकृतिका लागि नेपाल सरकार, मन्त्रिपरिषद्मा पेश गरिएको बताउनुभयो ।

त्यस्तै, मन्त्री खड्काले जलस्रोत र सिंचाइ क्षेत्रमा अध्ययन, अनुसन्धान कार्यका लागि मापदण्ड तयार गरी स्वीकृत गरिएको तथा निर्माण कार्यको मापदण्ड तयार गरी स्वीकृतिका लागि नेपाल सरकार मन्त्रिपरिषद्समक्ष पेस भएको समेत बताउनुभयो ।

साथै, ऊर्जातर्फ ३ अक्टोबर, २०२४ तदनुसार १७ असोज, २०८१ मा नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपिसी विद्युत् व्यापार निगमबीच नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्नेसम्बन्धी त्रिपक्षीय विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर सम्पन भएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *