लुम्बिनी लायन्सको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल

लुम्बिनी लायन्सको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल

काठमाडौँ, २६ कात्तिक । लुम्बिनी लायन्सले नेपाली चलचित्र क्षेत्रका अभिनेता राजेश हमाललाई आफ्नो टोलीको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

स्वामित्व फर्चुन हेल्थ केयर प्रालिको स्वामित्वमा रहेको लुम्बिनीले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै हमाललाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको जनाएको हो ।

अभिनेताहमालले लुम्बिनीसँग आबद्ध हुन पाउँदा निकै खुसी लागेको उल्लेख गर्दै लुम्बिनीले यस सिजनमा राम्रो प्रदर्शन गर्ने आशा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल क्रिकेट एकताबद्ध भएर लागेकोमा खुसी लागेको छ । सबै पदाधिकारीहरुलाई समेत धन्यावाद दिन चाहान्छु । सबै टिमहरुलाई सफलताको शुभकामना समेत दिन चाहान्छु । अब हेरौँ लायनले कत्तिको रोयर गर्छ ? लायनसँग जोडिन पाउँदा एकदम खुसी छु ।’

लुम्बिनीको मार्की खेलाडी राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल हुन् ।

नेपाल क्रिकेट संघ क्यानकद्वारा आयोजित नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *