क्यानले एनपिएलमा सहभागी टोलीमाथि निगरानी गर्न सेक्युरिटी अफिसर खटाउने

काठमाडौँ, २६ कात्तिक । नेपाल क्रिकेट संघ (क्यान)ले आउँदो मंसिर १६ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी हुने फ्रेन्चाइज टोलीलाई निगरानी गर्न २४ घन्टै सेक्युरिटी अफिसर खटाउने भएको छ ।

सोमबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गर्दै क्यानका सचिव पारस खड्काले ८ वटै फ्रेन्चाइजसँग एक एक जना सेक्युरिटी लायजन अफिसर खटिने जानकारी दिनुभयो ।

‘क्यानकै एन्टी करप्सन युनिट पनि छ । हामीले नेपाल प्रहरीका आइजीपीसँग कुराकानी गरेर हरेक फ्रेन्चाइजसँग २४ घन्टै सेक्युरिटी लायजन अफिसर रहने व्यवस्था गरेका छौँ । यसले फ्रेन्चाइजहरुले अन्यथा गर्ने छैनन्,’ खडकाले भन्नुभयो ।

त्यसका लागि नेपाल प्रहरीले क्रिकेट बुझेका अधिकृतहरु खटाउने गरी सल्लाह भएको पनि उहाँको भनाइ छ ।

गतवर्ष आयोजन भएको नेपाल टी–२० फिक्सिङ विवादमा परेको थियो । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले एनपिएलको दोस्रो संस्करण फ्लडलाइटमा गर्ने इच्छा रहेको बताउनुभयो ।

प्रतियोगिताबारे सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै क्यानका सचिव खड्काले एनपिएलको पहिलो संस्करण अन्तराष्ट्रियस्तरको गरेर सबैको ध्यान तान्न चाहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *