बिआरआई ऋणको रुपमा स्वीकार्य हुँदैन : बिमलेन्द्र निधि

जनकपुर, ७ मंसिर । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधान एवम् गृहमन्त्री बिमलेन्द्र निधिले बिआरआईलाई चिनियाँ पोलिसी भन्दै अनुदानसम्म ठिक रहेको तर ऋणको रुपमा कुनै पनि हालतमा स्वीकार्य नरहेको बताउनुभएको छ ।

शुक्रबार गृहजिल्ला धनुषा आएका प्रतिनिधिसभा सदस्य समेत रहनुभएका निधिले जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै भन्नुभयो,‘बिआरआई अनुदानको रुपमा मान्ने ऋणको रुपमा हुँदैन यो कांग्रेसको अडिग धारणा हो ।’

केही दिन अगाडि मात्र चिनियाँ राजदूतले आमन्त्रण गरी निधिलाई डिनरसहित पारिवारिक स्वागत गरेका थिए । नेता निधिले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा ऋण लिने विषयमा कुनै पनि सम्झौता गर्न नहुने पक्षमा कांग्रेस रहेको बताउँदै बिआरआईको विषयमा राष्ट्रिय छलफल पनि आवश्यक रहेको बताउनुभयो ।

उहाँले अन्तर्राष्ट्रिय सम्बन्ध समिति र संसद्‌मा पनि बिआरआईको विषय त्यसभित्रका सन्दर्भ र योजनाहरूबारे छलफल हुनपर्ने बताउनुभयो । बुझ्दै नबुझी हतारमा यस्ता आयोजनाहरुमा हस्ताक्षर गर्न नहुने उहाँको तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *