नेपालमा परिवर्तन भयो तर क्रान्ति अधुरो रह्यो : विप्लव

नेपालमा परिवर्तन भयो तर क्रान्ति अधुरो रह्यो : विप्लव

काठमाडौँ, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा परिवर्तन भएपनि क्रान्ति अधुरो भएको बताउनुभएको छ ।

शनिबार पार्टीको ११औँ ऐतिहासिक पार्टी पुनःगठन दिवसको अवसरमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै उहाँले मजदुर, किसान, नेपालका जनजाति, विद्यार्थीहरुको पक्षमा जति नै लडे पनि जनताले चाहेको जस्तो जीवन नपाएको भन्दै क्रान्ति अधुरो भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी लडेर आएका हौँ । सबैलाई थहा छ । हामी कम्युनिस्टहरु, सच्चा लोकतन्त्रवादीहरु र देशभक्तहरु हौँ । हामीसँग देशलाई माया गर्ने मान्छेहरु थिए, दिदीबहिनीको लागि बलिदान दिने, मजदुर किसान, जनजाति, विद्यार्थीहरुको पक्षमा लड्ने हामी नै हो । लडेर इतिहास निर्माण गरेका हौँ । ०६४ सालपछि नयाँ जीवन चलाइरहेका छौँ । तर, ०६४ पछि नेपालमा सम्झौता भयो, केही परिवर्तन भयो तर नेपाली जनताले चाहेको जस्तो जीवन पाएन क्रान्ति अधुरो भयो ।’

यस्तै, उहाँले नेपाली जनताको बलिदानबाट जस्तो खालको व्यवस्था र राज्यको कल्पना गरेको थियो त्यो पनि पूरा नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली जनताको बलिदानबाट जस्तो खालको व्यवस्था र जनताको राज्यको कल्पना गरिएको थियो । त्यस्तो राज्य जनताको बन्न सकेन । नेपाली जनताको व्यवस्था, कानुन बन्न सकेन । नेपालका युवाले देशमा आफ्नो भविष्य नदेख्ने अवस्था भयो । त्यसपछि नेकपा पार्टी बनेको हो । राज्य जनताको बनेन दलाल, भ्रष्टहरुको हातमा गयो । यो पार्टी बन्नु नै एउटा नयाँ क्रान्तिको सुरुवात हो ।’ नेपालमा भ्रष्टचारको आतंक छाएको पनि उहाँको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *