काठमाडौँ उपत्यकको फोहोर व्यवस्थापनमा राजनीति नगरौँ : मन्त्री सिंह

काठमाडौँ, ९ मंसिर । उपपधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा राजनीतिकरण गर्न नहुने बताउनुभएको छ ।

आइतबार सिंहदरबारमा फोहोरमैला व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा बोल्दै उहाँले देशको राजधानीकै फोहोर व्यवस्थापन गर्न नसक्नेले अरु के कुरा व्यवस्थापन गर्न सक्छौँ ? भन्दै प्रश्न समेत गर्नुभयो ।

उहाँले भन्नुभयो,‘फोहोर मैलामा राजनीतिकरण गरेर त भएन नि । हामीले देशको राजधानीकै फोहोरमैला व्यवस्थापन गर्न नसक्ने हामीले अरु के कुरा व्यवस्थित गर्न सकौँला त ? प्रश्न आउँछ नि, यो फोहोरमैलाको सवालमा विधिको शासनअनुसार हामी सबै चल्नुपर्दछ । चाहे संघीय सरकार होस् वा प्रादेशिक सरकार होस् वा स्थनीय सरकार नै किन नहोस् विधिको शासनअनुसार त मान्नु पर्‍यो नि, प्रक्रिया अनुसार हामी जान्छौं ।’

उहाँले फोहोर व्यवस्थापनको विषयमा हुने छलफलको मात्र समाचार बन्ने गरेको भन्दै अब एक्सनमा गएको समाचार आउने गरी काम गर्ने बेला आएको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो,‘काठमाडौँ उपत्यकाको फोहोरमैलाको व्यवस्थापन गर्नका लागि धेरै समय चाहिँ गइसकेको छ । स्थानीय निर्वाचनपछि हरेक समयमा पत्रपत्रिकामा समाचार मिडियाहरुमा फोहोरमैलाको बारेमा समाचार पढ्ने गर्छौँ । तर, अब चाहिँ छलफल गरेको मात्र समाचार बन्ने होइन कि एक्सनमा गएको समाचार आउने गरी काम गर्ने बेला भयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *