काठमाडौँ, १४ मंसिर । पोल्याण्ड पठाइदिने प्रलोभन देखाएर ३ लाख ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा कपिलवस्तु बाणगंगा नगरपालिका–८ घर भइ काठमाडौँ महानगरपालिका–३१ नयाँबानेश्वर बस्ने ४२ वर्षीया कल्पना कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।
पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले बुधबार उनलाई टेकु क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
कल्पनाले पोल्याण्ड पठाइदिन्छु भन्दै एकजना पीडितबाट ३ लाख ३० हजार रुपैयाँ लिइ सम्पर्कविहीन भएको आरोप लागेको छ । पक्राउपछि उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।