रास्वापाले थप्यो केन्द्रीय संगठन विभागमा तीन जना सदस्य

काठमाडौँ, १२ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप)को सचिवालय बैठकले केन्द्रीय संगठन विभागमा तीन जना सदस्य थपेको छ । आज बसेको बैठकले केन्द्रीय संगठन विभागमा तीन जनालाई थपेको हो ।

जसमा लम्जुङका धर्म केसी, रुपन्देहीका गोपाल घिमिरे र सिराहका विमल तिवारी रहेका छन् । यस्तै, बैठकले केन्द्रीय अनुशासन आयोगमा नवलपरासी अधिवक्ता कमल प्रसाद पोखरेल र ताप्लेजुङका अधिवक्ता हरिचन्द्र भट्टराईलाई नियुक्त गरेको छ ।

साथै शुक्रबार बसेको रास्वपाको सचिवालय बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति डा.स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिकाबारे समीक्षा प्रस्तुत गर्नुभएको छ ।

सो बैठकमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीबाट पार्टीको कुल ६० जिल्लामा जिल्ला भेला सम्पन्न भएको विवरण पेस गरिएको थियो ।

यस्ता छन् रास्वापा बैठकका निर्णयहरु
१. बैठकमा पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति डा.स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिकाबारे समीक्षा प्रस्तुत गर्नुभयो । सो अवसरमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीबाट पार्टीको कुल ६० जिल्लामा जिल्ला भेला सम्पन्न भएको विवरण पेस गरियो ।

२. केन्द्रीय विभाग तथा आयोगमा देहाय सदस्यहरु मनोनयन गर्ने निर्णय गरियो । (क) केन्द्रीय अनुशासन आयोग
अधिवक्ता श्री कमलप्रसाद पोखरेल, नवलपरासी
अधिवक्ता श्री हरिचन्द्र भट्टराई, ताप्लेजुङ
(ख) केन्द्रीय संगठन विभाग
धर्म केसी, लम्जुङ
गोपाल घिमिरे, रुपन्देही
विमल तिवारी, सिराह

३) पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आगामी पौष १९, २० र २१ गते बस्ने निर्णय गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *