रवि लामिछानेलाई भेटेपछि डा.केसीले भने- ‘चार हजार सहकारीमा कालो धन छ’

रवि लामिछानेलाई भेटेपछि डा.केसीले भने- ‘चार हजार सहकारीमा कालो धन छ’

पोखरा, १३ पुस । राजनीतिक विश्लेषक प्राध्यापक डा.सुरेन्द्र केसीले देशभरि रहेका करिब चार हजार सहकारीहरुमा कालो धन लगानी भएको खुलासा गर्नुभएको छ ।

सहकारी ठगी मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई भेटेपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै डा.केसीले त्यस्तो खुलासा गर्नुभएको हो ।

देशभरि रहेका चार हजार सहकारीमा अवैध तरीकाले लगानी भएको खरबौँ रुपैयाँको खोजी हुनु पर्नेमा जोड दिँदै डा.केसीले राज्य त्यतातिर नदिइ रवि लामिछानेको पछि लागेर २८ करोड रुपैयाँको खोजीमा लागेको टिप्पणी गर्नुभयो ।

विगतमा आफूले भनेको रवि लामिछानेले नमानेको गुनासो गर्दै राजनीतिमा लाग्नेहरुले आत्तिन नहुने भएकाले धैर्य गर्न लामिछानेलाई अनुरोध गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *