मृगौलामा पत्थरी भएको यसरि थाहा पाउनुहोस्

    पछिल्लो समय धेरै मानिसमा पत्थरीको समस्या देखिने गरेको छ । हामीले खाने दैनिक खानामा ध्यान नपुर्याउँदा पत्थरी हुने धेरै सम्भावना हुने गर्छ । माछा–मासुजस्ता खाद्यपदार्थ बढी खानाले पिसाबमा युरिक एसिडको मात्रा बढ्न गई पत्थरी हुने चिकित्सकहरूले बताउँदै आएका छन् ।

    त्यसैगरी कफी, चिसो पदार्थ, चियाजस्ता पेय पदार्थ पिउनाले पिसाबमा क्याल्सियमको मात्रा बढ्न गई मिर्गौलामा पत्थरी हुने गर्दछ । मिर्गौलाको जोडी पिठ्युँको मध्यभागमा करङको ठीक मुनि रहेको हुन्छ । मूत्राशयको पत्थरी मूत्राशयमा मिनरल्स फिल्टलीकरण हुने कारणले हुन्छ । साथै, पिसाबमा पानीको मात्रा कम हुँदा पनि पत्थरीको समस्या देखिन्छ । मिर्गौलामा क्याल्सियम, फोसफेट अक्जालेट र युरिक एसिड गरी चार पत्थरीहरू हुने गर्दछन् । हाम्रा केही गल्ती र लापरबाहीका कारण मिर्गौलामा समस्या उत्पन्न हुने गर्दछ ।

    जंक फुड खानाले, रातो मासु धेरै सेवन गर्दा मिर्गौलामा पत्थरी हुने सम्भावना हुन्छ । त्यसैगरी, मोटोपना, मधुमेह, कालेस्ट्रोलले गर्दा मिर्गौलामा पत्थरीको समस्या बढिरहेको छ । मूत्रनलीको रोग, चोट, मूत्रनलीमा कुनै चोट लागेको छ वा रोग लागेको छ भने पनि त्यसको कारणले पिसाब बाहिर आउँदैन । यसै कारणबाट पनि पत्थरी निमार्ण हुन जान्छ ।

    तलका यी लक्षणहरु देखिएमा पत्थरी भएको अनुमान गर्न सकिन्छः

    – पेट दुख्नु

    – पटकपटक ट्वाइलेट जानु

    – पिसाब गर्ने बेलामा पिसाब पोल्नु

    – पिसाबबाट रगत आउनु

    – छटपटी हुनु

    – भोक नलाग्नु

    – ज्वरो आउनु

    उपचार विधि
    यी माथिका लक्षणहरू देखा पर्नेबित्तिकै तुरुन्तै अस्पताल जानुपर्छ । डाक्टरको सल्लाहअनुसार पत्थरीको संख्या, प्रकृति हेरी उपचार विधि अपनाउने गर्नुपर्छ । उपचारमा शल्यक्रिया नै चाहिन्छ भन्ने छैन, तर पत्थरी ठूलो रहेछ भने शल्यक्रिया गर्नुपर्दछ ।

    त्यसैगरी, ससना पत्थरी रहेछ भने पानी वा अन्य झोल खानेकुरा खाएर पिसाबबाट बगाउन सकिन्छ । तर, औषधि सेवनबाट यसको दीर्घकालीन समधान हुँदैन । आजकाल ल्याप्रोस्कोपी, युरेट्रोस्कपीजस्ता नयाँ प्रविधि आएका छन् । जसले सजिलैसँग पत्थरीलाई निकाल्न सकिन्छ ।

    कसरी पत्थरी भएको पत्ता लगाउने ?

    –सही चिकित्सकमा गएर जाँच गराउने ।

    –बिरामीको लक्षणअनुसार शरीरको जाँचका आधारमा पिसाबको जाँच, मिर्गौला, पिसाब थैलीको एक्सरे आदि गरेर पत्थरी भए/नभएको थाहा पाउन सकिन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *