२०८० साल जेठ महिनामा कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )मेष यो महिनामा सजिलै अरुको विश्वास जित्न सकिने र लाभ हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । अधुरा या नयाँ कार्यको थालनी हुनेछ । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय छ । शेयर बजार र व्यापार व्यवसायमा भने औसत लाभ हुनेछ ।

    वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )जेठ महिनामा कला र गलाको प्रभाव बढ्दै जानेछ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ । ब्यापार व्यवसायबाट आम्दानी हुनेछ । सम्मान समेत पाइनेछ । नयाँ वस्त्र, उपहार र अलङ्कारको प्राप्ति हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )यो महिनामा नाक तथा घाँटीमा समस्या आउला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । पढाइ लेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ । मध्य महिनाबाट प्रेम प्रसङ्गमा सफलता मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । भौतिक सम्पत्ति खरिद तथा बिक्रीको योग पनि छ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )जेठ महिनामा आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )यो महिनामा सूर्यको गोचरले भाग्य वृद्धि र शक्तिशाली बनाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । २२ गतेबाट सामाजिक र राजनैतिक कार्यमा बाधा आउन सक्छ । भ्रमण, स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

    कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )जेठ महिना तपाईंको लागि समग्रमा सकारात्मक महिना रहेको छ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । नयाँ व्यक्ति बिच सामीप्यता बढ्नेछ । महिनाको उत्तरार्धबाट मानसिक चिन्ता बढ्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । शेयर बजारबाट नोक्सानी पनि हुन सक्छ ।

    तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )यो महिनामा तुला राशिलाई त्यति राम्रो फल मिल्नेछैन । सरकारी निकायको भय रहला । घर परिवारमा झैझमेलाको अवस्था आउला । मध्य महिनाबाट सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । शेयर बजारबाट राम्रो सफलता मिल्नेछ । वैदेशिक कार्यहरू सहजै सम्पादन हुनेछन् ।

    वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )वृश्चिक राशिलाई यो महिनामा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । नोकरी गर्नेले मान सम्मान पाउनेछन् । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । आत्मबल बढाएर काम गरेमा असफल भने भइँदैन तर महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ ।

    धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )यो महिनामा मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विद्यार्थीहरूको सफलताको राम्रो सम्भावना छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । पुँजी बजारबाट पनि राम्रो सफलता मिल्नेछ ।

    मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )यो महिनामा शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । कसैकसैका लागि सन्तान प्राप्तिको समेत योग छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । लामो यात्रा सुखद् र सफल हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । व्यवसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

    कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )यो महिनामा मिश्रित फल मिल्नेछ । आफ्नो अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । व्यर्थको हैरानी पनि खेप्नु पर्नेछ । १७ गतेबाट लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

    मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )जेठ महिनामा शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । छरछिमेकमा सम्पन्न हुने धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । मध्य महिनाबाट बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । आफ्नो विचार विपरित निर्णय हुनेछ । अनावश्यक खर्च पनि बढ्न सक्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *