सेक्स पावर वढाउने भिएग्रा कस्तो औषधि ? कसरि प्रयोग गर्ने ?

    अहिले नेपाली बजारमा सेक्स पावर बढाउने औषधि छ्याप्पछ्र्याप्ती पाइन्छन् । औषधि कम्पनीहरुले ५० र १०० एमजीको ट्याबलेटमा यस्ता औषधीहरु निकालेका छन् । यस्तो औषधिहरु यौन दुर्वलता भएका बयस्कहरुको लागि थोरै मात्रामा खानु पर्ने चिकित्सकहरु बताउछन् ।

    यो औषध खरिद बिक्रीको पक्रिया हेर्दा त्यसको ठीक बिपरित देखिएको छ । बजारमा भिएग्रा, मेडिग्रा, सिलेग्राजस्ता औषधिहरु आधिकारिक रुपमा दर्ता भएर आएका छन् । तर, बजारमा छ्याप्पछ्र्याप्ती पाइने अन्य औषधीहरु दर्ता नै भएका छैनन् ।

    युवतीहरुलाई खुवाउने चुईगम, कफी, चकलेट युवाहरुले जति पनि मूल्य तिरेर लाने गरेको देखिएको छ । कफी र चकलेट मात्र होइन आजकाल बजारमा केटाहरुको लिङगमा प्रयोग गर्ने मलम, स्प्रे, तेल, क्याप्सुललगायतका औषधिहरुले बजार तताएको छ ।

    तर, ती औषधि प्रायः जसो अबैध रहेको पाइएको छ । सिनामंगलमा फार्मेसी पसल संचालन गरेर बसेका पवन केसी भन्छन् ‘अधिकाशं युवाहरु आफ्नो प्रेमिकासंग सेक्सको कुरा खुलेर गनै सक्दैनन तर आफ्नो चाहना पूरा गर्नैका लागि जतिपनि मूल्य तिरेर यस्ता औषधि लाने गर्छन ।

    उनीहरुलाई आधिकारिकताको मतलब नै हुँदैन ।’ औषधि पसलमा पाईने यस्ता सेक्स पावर बढाउने औषधिहरुको मूल्य अचम्म लाग्दो छ । काम गर्ने नगर्ने कुनै ग्यारेन्टी छैन तर मुल्य न्युनतम २ सयबाट शुरु भएर १० हजार भन्दा माथिको रहेको छ । तैपनि यस्ता औषधिको माग अन्य औषधिकोभन्दा उच्च रहेको छ ।

    कसरी काम गर्छ यो औषधिले

    यौन रोग विशेषज्ञ बद्रीप्रसाद भट्राईका अनुसार औषधि कम्पनीले उत्पादन गरेका सेक्स पावर बढाउने औषधिहरुमा ‘सिलडेनाफिल सिटरेट’ भन्ने तत्व हुन्छ । जुन तत्वले मानिसको रगत नलीहरुमा रागतको प्रवाह वढाएर लिङगलाई फुलाउने काम गर्दछ ।

    औषधिले यौन अंगलाई कडा बनाउने काम गर्दछ । जसको कारण मानिसमा मरेर गएको यौन चाहना पुनः जीवित हुन्छ । उनी भन्छन् ‘सेक्स पावर बढाउने औषधिको नाममा बजारमा दर्ता बिना नै बिक्री भएका

    औषधीले कसरी काम गर्छ भन्ने र त्यसको असर के हुन्छ भन्ने जानकारी नै हुँदैन । तर, औषधि कम्पनीले उत्पादन गरेका औषधिहरु अनुसन्धान गरेर निकालेको हुन्छ, डाक्टरको सल्लाह अनुसार खानुपर्छ ।’

    कस्ता व्यक्तिले खाने हो यो औषधि

    सेक्स पावर बढाउने औषधि सामान्यतया यौन दुर्बलता भएका वयस्क मानिसहरुको लागि उत्पादन गरिएको हुन्छ । डाक्टर भट्टराईका अनुसार यस्तो औषधि समबन्धित बिशेषज्ञको सल्लाह बिना खान मिल्दैन ।

    डाक्टरले रोग पहिचान नगरी यस्तो औषधि खाएमा निकट भविष्यमा गम्भिर असर पर्न सक्छ । उनी भन्छन ‘यस्तो औषधि समबन्धित विषयको डाक्टरको पुर्जा बिना बेच्न मिल्दैन तर यहाँ मनपरि छ ।

    अबैध औषधिसमेत बिक्री भएको छ, जुन औषधि भित्र के छ त्यसको ? असर र परिणाम कसैलाई थाहा नै छैन ।’ उनको अनुसार कसलाइ के आवश्यक छ, त्यो डाक्टरले छुट्याउने हो ।

    कुन उमेरमा कस्तो रोग लाग्छ र कती मात्रामा कुन औषधि प्रयोग गर्ने डाक्टरको सल्लाह लिने हो । सेक्स जस्तो सम्बेदनशिल विषयको औषधि चाउचाउ चकलेट खाएजस्तो हावा तालमा खाने होइन ।

    अनि, कसैलाई गलत नियतले खुवाउने पनि होइन किनकि यसले दिर्घकालिन रुपमा खतरा निम्त्याउछ । के असर गर्छ यो औषधिले सामान्यतया मानिसलाई ज्वरो नआइकन सिटामोल खायो भने मात्र पनि त्यसले असर गर्छ ।

    मानिसलाई आवश्यक नै नभएको औषधि चकलेट सरह खादाँ असर त पर्ने नै भयो । डाक्टर भटट्राई भन्छन ‘यस्तो औषधिहरु सामान्य मानिसले खादाँ छाती पोल्ने, वाकवाकी लाग्ने, रिङगटा लाग्ने, बेहोस हुने जस्ता तत्कालिन असर देखापर्छ ।

    तर, दिर्घकालिन रुपमा यसको खतरा डरलाग्दो छ । उनका अनुसार यस्ता औषधि सामान्य मानिसले प्रयोग गर्दा भविष्यमा यौन दुर्बलता हुने, पुरुषहरु नपुशंक हुने तथा महिलाहरुमा बाझोपन बढ्ने खतरा हुन्छ । ‘

    यस्ता औषधिको प्रयोग बानी पर्दै गएमा पछि गएर यौन जीवनमा नकरात्मक असर पर्छ ।’ डाक्टर भट्टराई भन्छन ‘त्यसका साथसाथै विभिनन्न यौन तथा यौनजन्य रोग लाग्ने खतरा समेत उत्पन्न हुन्छ ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *