सेक्समा आनन्द पाउनका लागि महिला र पुरुष बिच समागम भएर मात्रै पुग्दैन । एकले अर्काको भावना र चाहना अनुरुप आनन्द पनि दिन सक्नु पर्दछ । सेक्सका बेला महिलाहरु भन्दा बढि पुरुषहरु उत्तेजित हुन्छन् ।तर चाहना पुरुषको भन्दा बढि महिलामा नै हुन्छ । सामान्य रुपमा भन्नुपर्दा पुरुषका लागि सेक्स शारिरीक अनुभव मात्र हो ।
तर, महिलाको लागि त्यो भन्दा बढी हो । शरिरसँगै भावनालाई पनि बलीयो गरी जोड्ने साधन हो ।यौन सन्तुष्ट दिलाउन नसकेमा महिलाले पुरुषलाई गर्ने व्यवाहरमा पविर्तन आउँछ । त्यसैले यौन प्रक्रियालाई लामो र सुन्तुष्टिको बाटोमा लैजान केहि कुराहरुको अभ्यास गरेर सुधार गर्न सकिन्छ ।
तपाइँको जिवनमा यस्तो किसिमको समस्याबाट मुक्ती पाउनका लागि केही टिप्सहरु यस्ता छन् हेर्नुहोस्:
१. यौन सम्पर्क पहिला पिसाब गर्नुहोस् । यो एकदमै सामान्य तरिका हो शिघ्र स्खलन कम गर्ने । तर, यहि सामान्य कुरा मानीसले घरिघरी बिर्सीरहन्छन् । त्यसैले यौन सम्पर्क गर्नु पहिला पिसाब गर्न नभुल्नुहोला ।यसले तपाईँको यौनाङ्गमा हुने दबाब कम हुन्छ । जसले शिघ्र स्खलनलाई प्राकृतिक रुपमा कम गरेर यौन प्रक्रियालाई लामो बनाउन सकिन्छ ।
२. जिब्रोलाई मुखको टुप्पोतर्फ पुर्याउनुहोस् । यो तरिका तपाईँलाई काम न काजको जस्तो लाग्न सक्छ । तर, यसले पक्कै काम गर्छ । जीब्रोलाई मुखको टुप्पोतर्फ लैजादा तपाईँको ध्यान भंग हुन पुग्छ ।स्खलित हुन लाग्दा ध्यान अर्कोतर्फ मोडिदा त्यसलाई नियन्त्रण गर्न सजिलो हुन्छ । फेरी यौन गतिविधिमै समावेश हुन पनि सजीलै सकिन्छ । त्यसैले यो विधि पनि तपाईँको लागि सहयोगि हुन सक्छ ।
३. केहि गहिरो स्वास लिनुहोस् धेरै मानीसहरु यौन सम्पर्कको समयमा शिघ्र स्खलन हुने हो कि भनेर डराउँछन् । यस्तो डर र भयले तनाव जन्मीन्छ । तनावले मानीसको पसिना निकाल्छ ।अनी लामो दौड गरेजस्तै छोटो र तिव्र रुपमा स्वास फेर्न थाल्छ । दुर्भाग्यबस यो नै शिघ्र स्खलनको कारण बन्छ । त्यसैले दश पटक जति लामो स्वास लिनुहोस ।तनावबाट मुक्ती दिलाउन मद्धत मिल्नेछ । तपाईको डरलाई भगाउनेछ । यो अभ्यास गर्दै जानुहोस् तपाईसँगै तपाईको जोडिले पनि आनन्दको महसुस गर्नेछिन् । यौनक्रिया पनि लामो हुनेछ ।
४. नियन्त्रण गर्नुहोस् । मानसिकता परिर्वतन गर्नुहोस् । यौन गतिविधिबारेमा चिन्ता नगर्नुहोस् । तिव्र उत्तेजनामा हुनुहुन्छ भने लिङ्गलाई दह्रो गरि समाउनुहोस् । लाज र तनाव नमान्नुहोस् ।
यो अभ्याससँगै नसमाएरै उत्तेजना नियन्त्रण गर्ने अभ्यास पनि गर्नुहोस । पिसाब फेर्दा बिच बिचमा रोक्ने प्रयासले पनि यो अभ्यासमा सघाउ पुर्याउन सक्छ । यो अभ्यासले शिघ्र स्खलनको समस्या कम हुँदै जान्छ ।
५. दोश्रो चरण सुरु गर्नुहोस् । यति गर्दा गर्दै पनि विफल हुनुभयो भने दोश्रो चरण सुरु गर्नुहोस् । यस्तो समस्यालाई महिलाले पनि बुझेका हुन्छन् । दोश्रो चरणको यौनले महिलालाई पक्कै सन्तुष्टि दिन सक्नुहुनेछ ।गल्तीहरुबाट नै सिक्न सकिने हो त्यसैले चिन्ता भन्दा पनि शिघ्र स्खलन पछि दोश्रो चरणको यौन लिला सुरु गर्न पछि नपर्नु नै राम्रो हुन्छ । यी पाँच तरिका यसको सुरुवात मात्र हो ।यस्ता थुप्रै विधि र तरिकाहरु हुन्छन् । अभ्यास गर्दै सुधार गर्दै जानुहोस् । तपाईँको शिघ्र स्खलनको समस्या कम हुनेछ ।