थ्रीस्टार हाइड्रोपावरको आइपीओ बाँडफाँट हुँदै , यसरि हेर्नुहोस सबैभन्दा छिटो नतिजा !

थ्रीस्टार हाइड्रोपावरको आइपीओ आज मंगलबार (असार १९ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार मंगलबार बिहान ९ः३० बजे आफ्नै कार्यालय कर्मचारी सञ्चयकोष भवन ठमेल, काठमाडौंमा बाँडफाँट कार्यक्रम तयारी गरिएको छ ।

यता, थ्रीस्टार हाइड्रोपावरको आइपीओ हात पार्न भने भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा १९.५५ गुणा बढी आवेदन परेको छ । अब गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १० लाख ९२ हजार २८९ जनाले कुल १ करोड १९ लाख ८७ हजार ३६० कित्ताको लागि आवेदन दिएका छन् ।

यसरी हेर्नुहोस सबैभन्दा छिटो नतिजा:

१. meroshare.cdsc.com.np/#/login

२. iporesult.cdsc.com.np/

जसमा ६१ हजार ३१६ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १० लाख ३० हजार ९७३ जनाको भने हात खाली हुनेछ । कम्पनीले असार ५ गते देखि ८ गतेसम्म १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको थियो । यसमध्ये १०% अर्थात् ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै निष्कासन गरिएको छ ।

साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई पनि ४ लाख ९२ हजार ५०० कित्ता सेयर निष्कासन गरिएको थियो । यसमध्ये कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्याइएको हो ।

बाँकी ६ लाख १३ हजार १६२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो । रेटिङ एजेन्सी इक्रा नेपालले थ्रीस्टार हाइड्रोपावरको आइपीओलाई ‘इक्रा एनपी डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ ।

यसरी हेर्नुहोस सबैभन्दा छिटो नतिजा:

१. meroshare.cdsc.com.np/#/login

२. iporesult.cdsc.com.np/

जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्चस्तरको जोखिम रहेको संकेत गर्छ । इक्रा नेपालले २०७९ साउन ३१ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० साउन ३० गतेसम्म बाहल रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *