नेपालको पहिलो महिला टिभी च्यानलको रुपमा नारी टेलिभिजन एचडीले आजबाट प्रशारण सुरु गरेको छ।
नारीहरुको नसुनिएका कथा, उत्पीडनको व्यथा, परिवर्तनमा नारीहरुको अग्रसरता जस्ता विषयलाई टिभीले प्राथमिकतामा राख्ने जनाइएको छ।
बाजुराको बुढीगंगा नगरपालिका–१० मा एक कार्यक्रम गरी टिभीको प्रशारण सुरु गरिएको हो। सोही अवसरमा बाजुरामा १५ जना एचआईभी पीडित महिलाहरुलाई खाद्यानसँगै ३ महिनाका लागि पोट्रिन डाईट औषधिर सय जना एकल महिलाहरुलाई दैनिक उपभोग्य खाद्यान सामाग्री वितरण समेत गरिएको छ।
उद्घाटन समारोहमा उपस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेले टेलिभिजनको भिडमा नारी टिभीले महत्व राख्ने सुनाए।
टेलिभिजनले प्रशारण सुरु गरेसँगै ‘माइतीघर’ र ‘आजको नारी’ नामक कार्यक्रमको थालनी गरेको छ। अध्यक्ष निकिता पौडेलले नारीहरूको आवाजका रुपमा पहिलो महिला सम्बन्धी टेलिभिजन प्रशारणमा ल्याउन पाउनु खुसीको कुरा भएको बताइन्।