प्रतिकित्ता २३६ रुपैयाँमा खुल्यो आइएमई लाइफ इन्सुरेन्सको आइपीओ , कति गर्ने लगानी ?

आइएमई लाइफ इन्सुरेन्सको आज बिहीबार असार २१ गतेदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ खुला भएको छ । यसअघि कम्पनीले बुधबार असार २० गतेदेखि आइपीओ खुला गर्ने भनेको मा प्राविधिक कारण जनाउँदै

आज बिहीबारबाट आवेदन खुला गरेको हो । यसले वैदेशिक रोजगारीमा रहेकालाई असार १ गतेदेखि आइपीओ बिक्री गरिसकेको छ । कम्पनीले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३०% ले हुन आउने कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो ।

कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आइपीओ बिक्री गर्दैछ । यसमध्ये १०% अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन भइसकेको छ ।

त्यस्तै, ५% अर्थात् ६ लाख कित्ता सेयर कर्मचारी र ५% (६ लाख कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले यसमा असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

यो आइपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ । केयर नेपालले आइएमई लाइफ इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा

मध्यमस्तरको जोखिम रहेको जनाउँछ । केयर नेपालले २०८० जेठ २६ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८१ जेठ २८ गतेसम्म बाहल रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *