अभिनेत्री आँचल शर्माले दिइन् दुई फेसबुक एकाउन्टविरुद्ध साइबर ब्यूरोमा उजुरी

अभिनेत्री आँचल शर्माले दिइन् दुई फेसबुक एकाउन्टविरुद्ध साइबर ब्यूरोमा उजुरी

अभिनेत्री आँचल शर्माले आफ्नो चरित्रमा आँच आउने ढंगले समाचार पोस्ट गरेको भन्दै दुई फेसबुक एकाउन्टविरुद्ध शनिबार बेलुका प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् ।

ती दुई फेसबुक पेजलाई आवश्यक कानूनी कार्वाही गर्न भन्दै उनले निवेदन दिएकी हुन् । उजुरी गर्न आँचल पति उदिपसँगै शनिबार बेलुका साइबर ब्यूरोको कार्यालय पुगेकी थिइन् ।

आँचलको निवेदनमा आफ्नो अनुमतिविना फोटोसहित चरित्रमा आँच आउने समाचार लेखी पोस्ट गर्ने व्यक्ति पहिचान गरी कानून बमोजिम कार्वाही गरि पाउँ भनि लेखिएको छ । उनले निवेदनसँगै उक्त फेसबुकमा पोस्ट भएका भिडियो, अडियो, तस्वीर, अक्षर स्क्रिनसट पनि पेश गरेकी छन् ।

आँचलका श्रीमान उदिपले चरित्र हत्या हुने गरि लगातार सामाजिक संजालबाट पोस्ट हुन थालेपछि आफूहरुले न्यायका लागि साइबर ब्यूरो पुगेको बताए ।

यसैबीच अभिनेता दयाहाङ राईले यस विषयमा फेसबुक पोस्ट गर्दै तथ्य नबुझी कुनै कलाकारलाई पनि गाली गलौज नगर्न आग्रह गरेका छन् । आँचलले पनि आफूलाई यातना दिएर सामाजिक संजालमा मानसिक स्वास्थ्यको भाषण दिन बन्द गर्न आग्रह गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *