अब विदेश अध्ययन गर्न जाने विद्यार्थीले घरबाटै आफ्नो भिसाको योग्यता जाँच गर्नसक्ने भएका छन् । २२ वर्ष पुरानो शैक्षिक परामर्शदाता युनि क्याम्पस ग्लोबलले शुक्रबार ‘भिसा एलिजिबिलिटी’ सफ्टवेयर टुलको बेटा भर्सन सार्वजनिक गर्दै यो सेवा सुरु गरेको हो ।
कम्पनीले तयार पारेको उक्त टुलमा विद्यार्थीले आफ्नो शैक्षिक, वित्तीय लगायत अन्य विवरण राखेर भिसा पाउने सम्भावनाबारे नि:शुल्क थाहा पाउन सक्छन् । युनि क्याम्पस ग्लोबलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) घनश्याम घिमिरेका अनुसार परीक्षणको रुपमा अहिले यो टुलको बेटा भर्सन ल्याइएको जानकारी दिए ।
कम्पनीले अन्य देशहरूमा समेत विद्यार्थी पठाउने काम गरेता पनि सफ्टवेयरमार्फत हाल अष्ट्रेलियाको भिसा पाउने सम्भाव्यता मात्र जाँच गर्न सकिने उनले बताए । धेरै विद्यार्थी अष्ट्रेलिया जान चाहने र यहाँको आयको तुलनामा त्यहाँको भिसा र विश्वविद्यालय महँगो हुने गरेकाले विद्यार्थीलाई सेवा दिन यो प्रविधि तयार पारिएको घिमिरेले जनाए ।
“अष्ट्रेलियाको डिपार्टमेन्ट अफ एजुकेसन, त्यहाँका विभिन्न विश्वविद्यालयले दिएका जानकारी लगायतका डेटा लिएर यो टुल बनाएका छौं,” उनले भने, “यसले २ देखि ५ मिनेट भित्र जवाफ दिन्छ । अष्ट्रेलियामा एक पटक भिसा लागेन भने चार/पाँच लाख रुपैयाँ खेर जान्छ । तर विद्यार्थीले नि: शुल्क रुपमा यो टुल प्रयोग गरेर आफ्नो रकम जोगाउन सक्छन् ।”
यो टुल युनिक्याम्पसको प्यारेन्ट कम्पनी सफ्टेड ग्रुपले विकास गरेको हो । भविष्यमा यसलाई नि:शुल्क नै राख्नुका साथै अन्य देश समेत थप्दै जाने उनले सुनाए । साथै आगामी एक महिना भित्र टुलको ‘फुल भर्सन’ सार्वजनिक गर्ने युनि क्याम्पसको योजना रहेको छ ।टुल प्रयोग गरी आफ्नो भिसा योग्यता जाँच गर्न यहाँ क्लिक गर्नुहोस् ।
यसरी चेक गर्नुहोस्।