महिलालाई गर्भवती हुन कति ‘वीर्य’ चाहिन्छ ?

महिलालाई गर्भवती हुन कति ‘वीर्य’ चाहिन्छ ?

शुक्रकिट भनेको पुरुष कोष हो, जुन महिलाको डिम्बसँग निषेचित भएपछि भ्रुण बन्दछ । किशोर अवस्था पुगेपछि पुरुषको अण्डकोषमा शुक्रकिटको उत्पादन सुरू हुन्छ । शुक्रकिटलाई नाङ्गो आँखाले देख्न सकिँदैन । सामान्यतया एक पटकमा २ देखि ५ मिलिलिटर वीर्य स्खलन हुन्छ ।

प्रति मिलिलिटर वीर्यमा करीब ४० देखि १०० करोड शुक्रकिट हुन्छन् । यौन सम्पर्कको क्रियामा वीर्य स्खलन हुँदा करोडौं शुक्रकिटसँगै निस्किए पनि एउटा मात्र शुक्रकिटको महिलाको पाठेघरमा रहेको डिम्बसँग मिलन हुन्छ र त्यसैबाट गर्भ रहने हुन्छ ।

गर्भ रहनका लागि १.५ देखि ५ मिलिलिटर वीर्य हुनुपर्दछ । यदि ५ मिलिलिटरभन्दा बढी भयो भने वीर्यको मात्रामा शुक्रकिटको घनत्व कम हुने हुँदा गर्भधारणको सम्भावना कम हुन्छ । गर्भधारणका लागि एक मिलिलिटर वीर्यमा कम्तीमा २ करोड शुक्रकिट हुनुपर्दछ र तीमध्ये आधा जस्तो चलायमान हुनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *