प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै ४५ लाख ठगी गरेको आरोप, बाबुछोरा पक्राउ

प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै ४५ लाख ठगी गरेको आरोप, बाबुछोरा पक्राउ

प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका-८ का ४४ वर्षका राजेन्द्रप्रसाद खनाल र उनका छोरा २३ वर्षका विशाल खनाल रहेका छन् ।

राजेन्द्रले आफू प्रधानमन्त्रीको सुशासन सल्लाहकार रहेको र अन्य प्रमुख नेताहरुसँग पनि चिनजान रहेको भन्दै विभिन्न कम्पनी र व्यवसायमा सहभागी गराउने आश्वासन दिएर ४५ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनीहरुले ना ४ च ८६७० नम्बरको जिपसमेत लिएर फरार भएपछि इलाका प्रहरी कार्यालय दमक झापामा उजुरी परेको थियो । उनीहरुविरुद्ध जिल्ला अदालत झापाले पक्राउ पुर्जीसमेत जारी गरेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार दिउँसो साढे १ बजे उनीहरुलाई काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *