बाहुनको नजिक दलितले घर बनाउन पाइदैन भन्दै घर भत्काइयाे

    बाहुनको नजिक दलितले घर बनाउन पाइदैन भन्दै घर भत्काइयाे

    बझाङ जिल्लाको वित्थडचिर गाउँपालिका वडा नम्बर ७ मा दलितले बाहुनको नजिकै दलितले घर बनाउन पाइदैन भन्दै घर भत्काइदिएका छन् । घर बनाइरहेको बेला गाउँका ब्राह्मणहरुले घर भत्किएको र लगाएको बालीनाली समेत उखेलीयदिएको पिडित पुट्के ओखेडाले बताए ।

    पिडित ओखेडाका अनुसार बिगत २५ वर्ष देखि त्यो जग्गा चलनभोग गर्दै आए र अहिले घर बनाउन सुरु गरेकाे बताएका छन् । त्यसठाउँका ब्राह्मणहरु आएर त डुम दलित हामी भन्दा माथि हुनै सक्दैन , तलाई यहाँ बस्ने अधिकार छैन भन्दै घर भत्काएकाे उनले बताए ।

    त्यरो बुहारी डुमनी भन्दै अपशब्द गालि दिँदै अन्य स्थानमा लगाएको बालिनाली पनि फडानी गरेर लिएको उनले बताए । अहिले जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएको र दोसीमाथि कडा कार्वाही गरिने डिएसपी जागेश्वर भण्डारीले बताएका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *