काेरियाले पानी जहाज कम्पनीका लागि नेपालबाट २५ सय कामदार लैजाने !

    कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ । रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियामा नेपाली नागरिकलाई पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउन ईपीएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएकाे हाे ।

    इच्छुक नेपाली नागरिकले यही साउन २० देखि २४ गतेसम्म भाषा परीक्षाका लागि आवेदन दर्ता गर्न सक्ने छन् । भाषा परीक्षा असोज १ गतेदेखि सञ्चालन हुने र सीप परीक्षणको मिति पछि तय हुने जनाइएको छ ।

    एक दिनमा चार सिफ्ट गरी परीक्षा सञ्चालन हुने र आवेदक संख्याका आधारमा परीक्षा तालिका फेरबदल हुन सक्ने छ । आवेदक संख्या बढी भएमा पहिलो र दोश्रो गरी दुई चरणमा परीक्षा सञ्चालन हुने छ ।

    भाषा परीक्षा, सीप परीक्षण तथा अर्न्तवार्तामा प्राप्त गरेको प्राप्ताङ्कको आधारमा अधिकतम अंक प्राप्त गर्नेहरूमध्ये रोष्टरमा सूचीकृत गर्न पहिलो चरण र दोश्रो चरणमा गरी अनुमानित उत्तीर्ण सङ्ख्या २ हजार ५ सयको अन्तिम नतिजा प्रकाशन गरिने बताइएको छ ।

    कोरियामा कामदारको माग अनुसार उत्तीर्ण सङ्ख्या थपघट हुन सक्ने पनि सूचनामा उल्लेख छ । आवेदकको उमेर १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको हुनु पर्ने छ । काेरिया नेपाली युवाहरूका लागि राेजगारीकाे आकर्षक गन्तव्य देश हाे ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *