महको प्रयोगले तपाईंलाई जवान बनाउछ,कसरी प्रयोग गर्ने ? जान्नुहोस

    यसलाई कसरी प्रयोग गर्ने ? बेसन– २ चम्चा, मह– १ चम्चा, बेसार– एक चिम्टी, कागतीको रस– आधा चम्चा (सुख्खा छाला हुनेले नराख्नुहोस्)यी सबै सामग्रीलाई मिसाएर पेस्ट तयार गर्नुहोस् र अनुहारमा लगाउनुहोस् । १५–२० मिनेटपछि सादा पानीले अनुहार धुनुहोस् । यस फेसप्याकलाई तपाईं हप्तामा २ देखि ३ पटक लगाउन सक्नुहुन्छ ।

    यो फेसप्याक लगाउनाले छाला गहिराईबाट सफा हुन्छ र मृत कोषिका बाहिर आउँछन् । जसले गर्दा तपाईंको छाला मुलायम हुन्छ । यो फेसप्याक लगाउँदा अनुहार कसिलो हुन्छ जसले गर्दा चाउरीपना कम हुन थाल्छ । यसको नियमित प्रयोगले छालालाई बुढो हुनबाट जोगाउन सक्नुहुन्छ ।

    बेसन र मह दुवैले अनुहारको दाग धब्बा हटाउन सहयोग गर्दछन् । साथै अनुहारको प्राकृतिक रंगमा निखार ल्याउने काम गर्छ । साथै यसमा मोइस्चराइजिंग गुण पनि पाइन्छन् जसले छालालाई चिल्लो बनाउँछ र सुख्खा छाला चम्किलो हुन्छ ।बेसन र महले छालामा जम्मा भएको फोहोर निकाल्छ र जसले गर्दा छाला कोमल र प्राकृतिक रुपमा सुन्दर देखिन्छ । साथै डन्डीफोरको समस्या पनि हट्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *