देशको पछिल्लो अवस्थाको बारेमा सोच्नुपर्ने बेला आयो ः–कांग्रेस लुम्बिनी प्रदेश सभापति पुन

    देशको पछिल्लो अवस्थाको बारेमा सोच्नुपर्ने बेला आयो ः–कांग्रेस लुम्बिनी प्रदेश सभापति पुन

    भावना मगर, साउन २७ अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले अहिले समग्रमा नेपाली कांग्रेस मात्र नभई सबै राजनैतिक दलका नेताहरु र नेपाली जनताले देशको पछिल्लो अवस्थाहरुको बारेमा सोच्नुपर्ने बेला आएको बताएका छन् ।
    शनिबार नेपाल प्रेस युनियन अर्घाखाँचीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले जताततै भ्रष्टाचारका काण्डै काण्डहरु मौलाएको बताउदै देशलाई गतिशिल बनाउन सबै लाग्नु पर्ने बताएका छन् । पुनले नेपाली कांग्रेसले संघियता र लोकतन्त्रको बिकासका लागी महत्वपुर्ण भुमिका खेलेको बताउदै कांग्रेसलाई थप मजबुत बनाउन पार्टीको जिम्मेवारीमा रहेका सबै नेता तथा शुभेच्छुक संघ संगठनहरुले जोड दिनुपर्ने बताएका छन् ।

    सभापती पुनले एउटै व्यतिmले पटक पटक पार्टिको नेतृत्व गरीरहँदा अन्यले अबसर नपाएको बताए । पुनले पार्टीलाई चलायमान गराउनका लागि कांग्रेसले बिशेष आन्तरिक अभियान संचालन गरेको बताएका छन् । उनले यो अभियान यहि साउन २० गते देखि ३० गतेसम्म चलिरहेको बताउदै यसका लागि केन्द्रिय कार्यसमितिबाट ७७ जना, प्रदेश कार्यसमितिबाट ६४ जना प्रतिनिधिहरु खटिएको बताएका छन् ।

    उनले बिशेष आन्तरिक अभियानबाट आन्तरिक संगठन,आन्तरिक गतिबिधि संगै आन्तरीक अन्यौलको बारेमा छलफल गरी जनताका समस्या,आवश्यकता र उनिहरुको पक्षमा के गर्दा राम्रो हुन्छ भन्ने बारेमा आगामी भदौ ४ गतेभित्र सुझाब सहितको प्रतिवेदन तयार गरेर प्रतिनिधिहरुले प्रदेश र केन्द्रिय कार्य समितिलाई बुझाउन निर्देशन दिएको बताए । कार्यक्रम नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष लक्ष्मण घिमिरेको अध्यक्षता,उपाध्यक्ष सरिता भुसालको स्वागत मन्तव्य र सचिव विष्णु खनालको संचालनमा सम्पन्न भएको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *