कुनै ‘प्राविधिक समस्या नआए’ कक्षा १२ को नतिजा आजै प्रकाशन हुने !

    प्राविधिक समस्या नआएको खण्डमा कक्षा १२ को नतिजा आजै (मंगलबार) सार्वजनिक हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानो ठिमी भक्तपुरबाट २०८० सालमा सञ्चालित परीक्षाको कक्षा १२ को परीक्षाफल आजै सार्वजनिक हुने तयारी भएको हो ।

    बोर्डका सहसचिव एवं प्रवक्ता जङ्गबहादुर अर्यालले परीक्षाफल प्रकाशनका लागि तयारी सकिएको जनाकारी दिएका छन् । सो नतिजा नेपाल टेलिकमले आइभिआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत परीक्षाफल प्राप्त गर्न सकिनेछ ।अर्थ सरोकार बाट

    कसरि हेर्ने नतिजा :

    राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १२, सानोठिमी, भक्तपुरबाट प्रकाशित हुने २०८० सालको कक्षा १२ को परीक्षाफल IVR, SMS, USSD तथा Website मार्फत प्राप्त गर्न नेपाल टेलिकमले निम्न बमोजिम व्यवस्था गरेको छ ।कक्षा १२ को परीक्षाको नतिजा प्राप्त गर्नका लागि

    IVR का लागि :
    नेपाल टेलिकमको Land line phone, Mobile बाट १६०१ डायल गरी प्राप्त निर्देशानुसार गर्ने ।

    SMS का लागि
    Mobile को Message box मा NEB टाइप गरी १६०० उदाहरण : NEB 12345678 Type गरी १६०० मा पठाउने ।
    मा पठाउने ।

    USSD का लागि
    * 1600 # डायल गरी प्राप्त निर्देशानुसार गर्ने ।

    Web का लागि :
    नेपाल टेलिकमको Website: https://neb.ntc.net.np मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिनेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *