रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ओपन रेञ्ज कति ?

    रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक सिभिल क्यापिटलले साउन ३१ गते बुधबार साँझ शेयर बाँडफाँड गरेको हो ।क्यापिटलका अनुसार आईपीओमा कुल १३ लाख ६४ हजार ३ सय ५३ जना आवेदकको आवेदन परेको थियो । जस मध्ये १३ लाख ५६ हजार ८ सय ३५ जनाको आवेदन मात्र शेयर पाउनको लागि योग्य भएको छ । यस हिसाबमा आवेदन दिएका मध्ये ७ हजार ५ सय १७ जनाको आवेदन रद्द भएको छ ।

    नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ओपन रेञ्ज न्यूनतम १६२ रुपैयाँ २९ पैसा देखि अधिकतम ४८६ रुपैयाँ ८७ पैसा रहेको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १३ लाख ५६ हजार ८ सय ३६ जना आवेदकलाई सहभागी गराएर गोलाप्रथा मार्फत शेयर बाँडफाँड गरिएको छ । जस अनुसार ९ लाख ६० हजार जनाले शेयर १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *