शरीरमा यी १० संकेत देखिए हुनसक्छ मृगौला खराब,ख्याल गर्नुहोस।

१. छिटो-छिटो पिसाब लाग्नु – यदि मृगौला खराब भएको छ भने बारम्बार वा छिटो-छिटो पिसाब लाग्ने हुन्छ । बिशेषगरी, रातको समयमा यस्तो समस्या बढी हुन्छ ।

२. पिसाबमा समस्या: किड्नीमा समस्या आएको छ भने पिसाब गर्दा दुखाई हुन्छ । दुखाईका कारण पिसाब गर्न गाह्रो हुन्छ ।

३. पिसाबमा रगत देखिनु: पिसाबमा रगत देखिएमा किड्नी खराब भएको हुन सक्छ । यस्तो देखिएमा सकेसम्म चाँडो चिकित्सक कहाँ गइहाल्नुपर्छ ।

४. सुन्निनु: किड्नी खराब भएमा शरीरमा जमेको पानी र नुन निक्लिन पाउँदैन, जसले गर्दा शरीर सुन्निन थाल्छ । यस्तो अवस्थालाई इडिमा भनिन्छ ।

५. रक्तअल्पता तथा कमजोरी: मृगौला खराब भई रगतमा अक्सिजनको सञ्चार राम्ररी हुन पाउँदैन, जसले गर्दा रक्तअल्पता र कमजोरी जस्ता समस्या देखिन थाल्छ ।

६. छाला रोग: किड्नी खराबले शरीरबाट टोक्सिन्सस(बिषाक्त) बाहिर जान पाउँदैन र छालासम्बन्धि रोग उछ्रिन थाल्छ ।

७. मुख गनाउँने: यदि किड्नीमा समस्या छ भने रगतमा युरिनको मात्रा बढ्छ, जसले गर्दा मुख गनाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *