बेलायती नर्सले अस्पतालमै गरिन् ७ शिशुको हत्या

    बेलायती नर्सले अस्पतालमै गरिन् ७ शिशुको हत्या

    ७ जना बच्चाको हत्या गर्ने बेलायती नर्स दोषी ठहर भएकी छन्।
    म्यानचेष्टर क्राउन कोर्टले शुक्रबार ३३ वर्षीया नर्स लुसी लेट्बीलाई ७ बच्चाको हत्या र ६ बच्चाको ज्‍यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ।
    उनले बच्चाहरूको पेट र रगतमा इन्सुलिनबाट हावा भरेको, अत्यधिक दूध खुवाएको र ‍हातपातसमेत गरी हत्या गरेको पुष्टि भएको हो।

    उनी पहिलो पटक सन् २०१८ मा पक्राउ परेकी थिइन्। पछि धरौटीमा छुटेकी उनलाई दोस्रो पटक पक्राउ गरी सन् २०२० नोभेम्बरमा मुद्दा चलाइएको थियो।
    गत अक्टोबर यता म्यानचेष्टर क्राउन कोर्टमा उनीविरूद्धको सुनुवाई निरन्तर जारी थियो। यस मुद्दामा अदालतले अगष्ट २१ मा सजाय निर्धारण गर्ने छ।

    उनीविरूद्ध २२ वटा कसुरमा मुद्दा चलेको थियो। जसलाई उनले इन्कार गर्दै आएकी थिइन्।
    सन् २०१५ जुन देखि सन् २०१६ जुनसम्म उनी चेष्टर अस्पतालमा नवजात शिशु उपचार कक्षमा कार्यरत थिइन्।
    उनी अस्पतालमा कार्यरत रहँदा बच्चाहरूको मृत्यु बढेपछि चिकित्सकहरूले अस्पताल प्रशासनलाई जानकारी गराएका थिए।
    त्यतिबेला चिकित्सकहरूले उठाएका विषयलाई अस्पताल प्रशासनले बेवास्ता गरेको जनाएको छ।
    त्यतिबेला लुसीमाथि आरोप लगाउने चिकित्सकहरूलाई अस्पताल प्रशासनले आधिकारिक रूपमा माफी माग्नसमेत भनेको थियो।

    त्यसैबीच सन् २०१६ सेप्टेम्बरमा उनीमाथि अनुसन्धान भइरहेकोबारे रोयल कलेज अफ नर्सिङले जानकारी गराएको थियो। त्यसपछि भने लुसीलाई उनलाई जिम्मेवारीबाट हटाइएको थियो।

    अनुसन्धानको क्रममा प्रहरी उनको घरमा पनि पुगेको थियो। जहाँबाट उनले लेखेका केही कागजहरू पनि फेला परेका थिए।
    म बाँच्न लायक छैन। मैले उनीहरूको जानीजानी हत्या गरेँ किनकी म उनीहरूको हेरचाह गर्न सक्षम छैन,’ उनले लेखेको कागजमा उल्लेख छ, ‘म एक भयानक दुष्‍ट मान्छे हुँ। म दुष्ट हुँ र मैले यो गरेँ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *