पूर्वीय दर्शनमा जीवनमा सँधै गोप्य राख्नु पर्ने केही कुराको चर्चा गरिएको छ । कतिपय कुराहरु हामीले अरुलाई सेयर नगर्नु नै राम्रो हुन्छ ।
१. रातिक्रिडा जीवनमा यौन सम्बन्धको विषयमा कसैलाई पनि नभन्नुस् । कुनै स्त्री तथा पुरुषबीचको यौनिक क्रियाकलाप अरुसँग भनेर मजा लिने कुरा होइन । तपाइँले यौन क्रिडाका कुरा अरुलाई भन्न थाल्नु भो नकारात्मक परिणाम ब्यहोर्नुपर्ने हुन सक्छ ।
२. घर परिवारको झगडा परिवारमा झगडा हुनु सामान्य विषय हो । यस्तो कुरा सबैजसो घरमा हुन्छ । यस्ता विषयमा अरुलाई नभन्नुस् । परिवारको झगडा अरुले थाहा पाएमा गलत फाइदा उठाउन सक्छन् ।
३. धन हानी जीवनमा तपाइँलाई परेको आर्थिक नोक्शानीको विषयमा कसैलाई पनि भन्न हुँदैन् । मानिसहरुले तपाइँको धन हानी हुँदा तपाइँसँग भएको धनबारे जानकारी पाउने मात्र होइन हानी भएका कारण तपाइँबाट टाढिने समेत खतरा समेत हुन्छ ।
४. दान जीवनमा कसैलाई केही कुरा दिइएको छ भने त्यो विषयमा अरुलाई भन्नुहुँदैन । दान धर्मको विषयमा अरुलाई भन्नु भो भने यसको फल प्राप्त हुँदैन ५. मन्त्र गुरुले दिएको मन्त्रलाई पनि गोप्य राख्न पर्ने विषय मानिन्छ । मन्त्र कसैलाई पनि भन्नुहुँदैन किन भने मन्त्रमा शक्ति हुन्छ ।
६.अपमान आफू अपमानित भएको कुरा कसैलाई भन्नुहुँदैन । अपमानित भएको विषय अरुलाई भनियो भने तपाइँको मजाक बनाएर खिल्ली उडाउन सक्छ?
७. पद प्रतिष्ठापद प्रतिष्ठा प्राप्त भएपछि मानिसहरु मात्तिने हुन्छन् । तर पद र प्रतिष्ठको विषयमा सकेसम्म गोप्यता कायम गर्नुस् ।
यी ७ कुरा जीवनमा सँधै गोप्य राख्नुस्