सन्दीप लामिछाने शून्य रनमै आउट

    नेपालका सन्दीप लामिछाने शून्य रनमा आउट भएका थिए । २ बल सामना गरेका उनले कुनै रन जोड्न सकेनन् ।

    एसिया कपमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको छ । पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ ओभर ४ बलमा १ सय ४ रनमा अल आउट भयो ।

    नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए । यस्तै आरिफ शेखले २६ र गुलशन झाले १३ रन बनाए । बलिङतर्फ पाकिस्तानका शादब खानले ४ तथा शाहीन अफ्रिदी र हरिस रौफले २/२ विकेट लिए ।

    यसअघि मुल्तान क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४२ रन बनायाे । पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखरले शतक बनाए ।

    बाबरले १ सय ५१ रन र इफ्तिकर अहमदले नटआउट रन बनाए । यस्तै माेहम्मद रिजवान ४४ रनमा आउट भए । बलिङतर्फ नेपालका साेमपाल कामीले २ विकेट लिए । यस्तै करण केसी र सन्दीप लामिछानेले १/१ विकेट लिए । अब नेपालले आउँदो सोमवार भारतसँग श्रीलङ्कामा खेल्नेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *