बेलुकाको खाना चाँडै खाँदा हुन्छन् यस्ता ८ फाइदाहरु

    तौल नियन्त्रणमा रहन्छः यदि तपाईं तौल नियन्त्रणमा राख्न चाहनुहुन्छ भने बेलुकीको खाना चाँडै खानुहोस् । खाना खाएपछि केही क्षण हिँड्नुहोस् । जतिसुकै बढी खाना खानुहोस्, यस्तो तरिका अपनाउने हो भने तौल बढ्दैन ।

    छाती पोल्दैनः अधिकांश मानिसको खाना खाएपछि सिधै बेडमा जाने बानी हुन्छ । यसो गर्नाले स्वास्थ्य खराब हुन सक्छ र छाती पोल्ने समस्या आउन सक्छ । चाँडै खाना खानुहुन्छ भने यो समस्या आउँदैन ।अधिक ऊर्जा पाउन सकिन्छः बेलुकाको खाना अबेर खाने हो भने बिहानको नास्ता खान त्यति मन लाग्दैन, जसबाट दिनभर ऊर्जाको कमि हुनसक्छ । यसविपरीत चाँडै खाना खाने हो भने बिहान नास्ता राम्ररी रुच्छ र शरीरले ऊर्जा पाउँछ ।

    हल्का महसुस हुन्छः यदि बेलुकाको खाना सही समयमा खाइन्छ भने अर्को दिन भोक लाग्छ र समयमै तपाईंले खाना खानुहुन्छ । रुटिनमा खाना खानाले पेट हल्का हुन्छ र ग्यासको समस्या पनि हुँदैन ।

    गहिरो निद्रा पर्छः राति ढिला खाना खानाले निद्रा पनि ढिलै लाग्छ र निद्रा पूरै लाग्दैन । यसविपरीत चाँडै खाना खानाले निद्रा नआउने समस्या केही हदसम्म कम गर्न सकिन्छ र यसबाट शरीरको चक्र पनि व्यवस्थित हुन्छ ।पाचनका लागि बढी समय उपलब्ध हुन्छः जति खाना खायो, उति नै पच्नु पनि पर्छ । खाना खाएपछि त्यसलाई पच्न समय लाग्छ । यदि चाँडै खाना खाने हो भने त्यसलाई पचाउने समय पनि पाइन्छ र यसबाट बिहान ताजा अनुभूति पनि हुन्छ । तर, ढिला खानाले रातभर सुतेपछि पनि पाचनप्रक्रिया चलिरहन्छ, जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

    पेटको रोग कम हुन्छः सही समयमा खाना खानाले पूर्ण रुपमा पच्छ, यसबाट पेट सधैँ सफा रहन्छ । पेट दुख्ने, ग्यास र अपचको समस्या पनि हुँदैन । यसका अलावा छाला पनि चम्किलो हुन्छ ।

    चाहेको खान सकिन्छः चाँडै खाना खाँदा तपाईं आफैँ निर्धारण गर्न सक्नुहुन्छ के–के खाने भनेर । यदि खाना खाएपछि डेजर्ट खान मन लाग्छ भने तपाईं आरामले खान सक्नुहुन्छ, किनकि खाना पहिले नै पचिसकेको हुनेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *