अष्ट्रेलियामा यी २० सीप भएका व्यक्तिलाई कहिल्लै हुँदैन कामको अभाव !

अष्ट्रेलियामा अहिले दक्ष कामदारको ठूलो अभाव रहेको छ। पेशाको संख्या गत वर्षको भन्दा दोब्बरले बढ्दै जाँदा श्रमिकहरूको अभाव बढ्दै गएको हो।नेशनल स्किल्स कमिसनको पछिल्लोरिपोर्ट अनुसार गत वर्षको तुलनामा रिक्त स्थान भर्न संघर्षरत जागिरको संख्या १५३ बाट बढेर २८६ पुगेको छ।अष्ट्रेलियाका सबै क्षेत्रहरूको झन्डै एक तिहाइले कामदारको अभाव भोगिरहेको स्किल्स

प्रायोरिटि लिस्टमा देखिएको छ। २० ठूला पेशाहरू आधाभन्दा बढी कामदार अभावको सामना गरिरहेका छन्।अगस्ट २०२२ मा समाप्त भएको वर्षमा रोजगारी रिक्तता ४० प्रतिशत भन्दा बढि भएको छ। त्यतिबेला ३ लाख भन्दा बढी स्थानमा कामदार अपुग भएको थियो।
अष्ट्रेलियामा सबैभन्दा बढी रजिष्टर्ड नर्स, सफ्टवेयर तथा एप्लिकेसन प्रोग्रामर, वृद्ध, अशक्तता र बाल हेरचाह र कन्स्ट्रक्सन म्यानेजरको माग रहेका छन्।अष्ट्रेलियामा अगस्ट २०२२

सम्मको त्रैमासिक औसतको आधारमा ९ हजार २६६ जना रजिष्टर्ड नर्सको माग थियो। जीपी, सर्जन, फिजियोथेरापिस्ट, दन्तचिकित्सक, बाल रोग विशेषज्ञ र आपतकालीन चिकित्सा विशेषज्ञहरू सहित अन्य स्वास्थ्य पेशाहरू पनि अष्ट्रेलियामा धेरै माग रहेका छन्।

यी हुन् अष्ट्रेलियामा सबैभन्दा बढी कर्मचारी माग भएका पेशाः

१. रजिष्टर्ड नर्स – ९ हजार २६६
२. सफ्टवेयर तथा एप्लिकेसन प्रोग्रामर – ७ हजार ८४१
३. वृद्ध तथा अशक्त हेरचाह – ५ हजार १०१
४. कन्स्ट्रक्सन म्यानेजर – ४ हजार ९८४
५. बाल हेरचाह – ४ हजार ५४९
६. मोटर मेकानिक – ४ हजार ३१६
७. रिटेल म्यानेजर – ४ हजार २४४

८. सेफ – ४ हजार १४१
९. आइसिटी बिजनेस एण्ड सिस्टम एनालिस्ट – ३ हजार ८३०
१०. मेटल फिटर एण्ड मेकानिस्ट – ३ हजार ५६५
११. कुक – ३ हजार ४३८
१२. इलेक्ट्रिसियन – ३ हजार ३९६
१३. सिभिल इन्जिनियर – ३ हजार २६८

१४. कन्ट्र्याक्ट, प्रोग्राम एण्ड प्रोजेक्ट एड्मिन – २ हजार ८४२
१५. जिपी एण्ड रेसिडेन्ट मेडिकल अफिसर – २ हजार ३०६
१६. अर्लि चाइल्डहुड टिचर – २ हजार २५३
१७. फिजियोथेरापिस्ट – १ हजार ४८२
१८. माइनिङ इन्जिनियर – १ हजार ४८
१९. गार्डेनर – १ हजार ३८
२०. अडिटर्स, सेक्रेटरी एण्ड कर्पोरेट ट्रिजरर – ८ सय ६८