जापान टोकियो सरकारले १८ वर्ष मुनिकालाई प्रतिमहिना ५ हजार भत्ता दिँदै, नेपालीलाई लाभ लिन सिंगा असिस्टको आग्रह

    जापान टोकियो सरकारले १८ वर्ष मुनिकालाई प्रतिमहिना ५ हजार भत्ता दिँदै, नेपालीलाई लाभ लिन सिंगा असिस्टको आग्रह

    जापान- टोकियोमा बस्ने १८ वर्ष वा सो मुनिका बालबालिकालाई उनीहरुको हेरचाहका लागि सरकारले ५ हजार दिने निर्णय गरेको छ। बालबालिका हेरचाह सहयोग कार्यक्रम अन्तर्गत प्रतिमहिना ५ हजार ऐन उपलब्ध गराउने निर्णय गरेको हो।

    २०२३ साल सेप्टेम्बर १ तारिखदेखि टोकियो टोले ०१८ (जेरो इची हाची) सपोर्टको लागि योग्य बच्चाहरू भएका परिवारहरूलाई हुलाकद्वारा चिट्ठी पठाउन थालेको सिंगा एसिस्ट नेपालले जानकारी दिएको छ।

    भर्खर जन्मिएकादेखि आउँदो मार्च ३१ तारिखसम्म १८ वर्ष पूरा नभएकाहरुले उक्त सुविधा पाउनेछन्। सन् २०२३ सम्म टोकियोभित्र बसोबास गरेकाहरु यो सुविधानबाट लाभान्वित हुनेछन्।

    त्यहाँ भनिएको छ, ‘आर्थिक वर्ष २०२३ मा जन्मेका, टोकियोमा बसाइँ सरेका र टोकियोबाट २०२४ पछि बाहिर बसाइँ सरेकाहरु पनि सुविधा पाउन योग्य हुनेछन्।’

    यसबारे जानकारी https://www.fukushi.metro.tokyo.lg.jp/…/018/index.html पनि प्राप्त गर्न सकिनेछ। यसबारे थप सहयोग सिंगा असिस्ट नेपालले पनि गर्नेछ।

    जापानमा बस्ने विदेशीहरुलाई पर्ने विभिन्न समस्याको समाधानका लागि जेपी-मिराइ एसिस्ट सघाइरहेको छ। यो त्यही अन्तर्गतको नेपाली भाषाको शाखा हो। जेपी-मिराइ एसिस्टले नेपालीलगायत ९ भाषामा कुरा गर्ने सकिनेगरी उक्त संस्थाले कार्यक्रम गरिरहेको छ।

    जापानमा बस्ने विदेशीहरूलाई सहयोग गर्नका निमित्त उक्त परामर्श डेस्क सञ्चालनमा ल्याइएको हो। संस्थाले स्वास्थ्य, श्रम र दैनिक जीवन (बच्चा तथा प्रशासनिक प्रक्रिया आदि) सम्बन्धि विभिन्न परामर्श दिने गरेको छ।

    उनले भनिन्, ‘हामीले अप्ठ्यारो पर्दा सघाउनका लागि यो सञ्चालनमा ल्याएका हौं। नेपाली दाजुभाइ दिदिबहिनीहरुले पनि माथि उल्लेखित जुनसुकै कुराको बारेमा परामर्श लिन सक्नुहुन्छ।’ परामर्श डेस्कमा मंगलबारदेखि शनिबार १० बजे देखि ६ बजेसम्म सम्पर्क गर्ने सकिने बताइएको छ।