जाडोमा मेथीकाे पातकाे प्रयाेग, यी रोगका लागि हुन्छ रामवाण

    जाडोमा मेथीकाे पातकाे प्रयाेग, यी रोगका लागि हुन्छ रामवाण

    भान्सामा राखिएका धेरै मसला र तरकारीहरू औषधीको रूपमा प्रयोगसमेत गरिन्छ। जाडो मौसममा रोग लाग्नबाट बच्नको लागि भान्साका धेरै खानेकुरा राम्रा उपाय हुन् ।

    भान्सामा प्रयाेग हुने मेथीको दाना पनि यी औषधीय गुण भएका खाद्य वस्तुहरूमा समावेश हुन्छ। जाडोमा मेथी स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । मेथीको दाना बाहेक मेथीको पात पनि स्वस्थकर हुन्छ । यो मौसममा बजारमा पालक, तोरी र मेथीको तरकारी आउँछ । यस्तो अवस्थामा यसको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

    केही अध्ययनका अनुसार मेथीको पात मधुमेह नियन्त्रणमा प्रभावकारी हुन्छ । यस बाहेक मेथी तरकारी खानुका धेरै फाइदाहरु छन् । जाडोमा मेथी खानुका स्वास्थ्य लाभ र मेथीमा पाइने पौष्टिक तत्वहरु जानौं जसले धेरै रोगहरुलाई टाढा राख्छ ।

    मेथीको पातमा पौष्टिक तत्व पाइन्छ

    मेथीमा प्रोटिन, कुल लिपिड, उर्जा, फाइबर, क्याल्सियम, आइरन, फस्फोरस, पोटासियम, जिंक, म्यांगनीज, भिटामिन सी, भिटामिन बी, सोडियम, कार्बोहाइड्रेट आदि पाइन्छ।

    मेथीको पात खानुका फाइदाहरु

    अध्ययनका अनुसार मेथीमा पाइने यौगिकहरूमा मधुमेह प्रतिरोधी गुण हुन्छ। मेथीको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण हुन्छ । मधुमेह नियन्त्रणका लागि आहारमा मेथीको पात खाने गर्नुहोस्।

    वजन घटाउन मद्दत गर्दछ

    मेथीको सेवनले बढी खाने इच्छा कम हुन्छ । यसले तौल घटाउन मद्दत गर्छ। २०१५ को एक अध्ययनमा, कोरियाली महिलाहरूको एक समूहलाई दिउँसोको खाना अघि मेथीको पानी र अर्को समूहलाई मेथीको पानी दिइएको थियो। फलस्वरूप, मेथीको पानी पिउने महिलाहरूले पेट भरिएको महसुस गर्दै वजनमा कमीको अनुभव गरे।

    प्रजनन स्वास्थ्यको लागि लाभदायक

    मेथीले टेस्टोस्टेरोन र शुक्राणुको स्तर बढाउन मद्दत गर्छ। २०१७ को एक अध्ययन अनुसार, ५० पुरुषहरूलाई तीन महिनाको लागि मेथीको रस खुवाइएको थियो। अनुसन्धानले देखाएको छ कि करिब ८५ प्रतिशत पुरुषको शुक्राणुको संख्या बढेको छ । मेथीले मानसिक सतर्कता, मुड र कामवासना सुधार गर्न सक्छ।

    मुटुको लागि राम्रो

    मेथी कोलेस्ट्रोलको स्तर नियन्त्रण गर्न र रक्तचाप सुधार गर्न प्रभावकारी छ। मेथीको सेवनले मुटुसँग सम्बन्धित रोगको जोखिम कम गर्छ । मेथीले खराब कोलेस्ट्रोलको स्तर घटाउन र मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ।