कपाल झर्ने समस्याबाट मुक्ति पाउन दालचिनी र दूध बरदान

    कपाल झर्ने समस्याबाट मुक्ति पाउन दालचिनी र दूध बरदान

    तरकारीहरूमा मसलाको रूपमा प्रयोग गरिन्छ । खानामा दालचिनीको प्रयोग स्वाद र स्वास्थ्य दुवैको लागि फाइदाजनक हुन्छ । दालचिनीको सेवन दूधसँग पनि गर्न सकिन्छ ।

    दालचिनीको धूलो दूधमा राखेर पिउनाले स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । यति मात्र नभई दूधमा दालचिनी राखेर सेवन गर्नाले क्यान्सर र मधुमेह जस्तो बिमारीबाट छुटकारा पाउन सकिन्छ ।

    यिबाहेक दालचिनीमा मह मिसाएर पिउनाले छाला सम्बन्धी समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।

    थाहा पाउनुहोस् दालचिनी राखेर दूध पिउनुका अन्य फाइदाहरू :

    पाचन प्रणाली
    वायु र पेट सम्बन्धी समस्याबाट छुटकारा पाउनका लागि पनि दूधमा दालचिनी मिसाएर खानु निकै लाभदायक हुन्छ । यसले पाचन प्रणालीलाई पनि बलियो बनाउँछ ।

    कपाल र छाला
    दूधमा दालचिनी राखेर पिउनाले कपाल झर्ने समस्या कम हुन्छ । यसका साथै कपाल बाक्लो र बलियो हुन्छ । यसको सेवन गर्नाले छाला सम्बन्धी अनेकौं बिमारीहरूबाट छुटकारा पाउन सकिन्छ ।

    राम्रो निद्रा
    दालचिनी राखेर दूध पिउनाले थकाइ कम हुन्छ र यसले गर्दा निद्रा राम्रो लाग्ने गर्छ ।

    बलियो हड्डी
    दूधमा दालचिनी राखेर सेवन गर्नाले हड्डीलाई बलियो बनाउँछ । विशेषज्ञहरूका अनुसार, दूधको नियमित सेवन गर्नाले हड्डी सम्बन्धी समस्याबाट आराम मिल्छ ।

    प्रतिरक्षा प्रणाली
    दालचिनी राखेर दूध पिउनाले प्रतिरक्षा प्रणालीमा सुधार आउँछ । ससानो बच्चाहरूका लागि पनि यसको प्रयोग फाइदाजनक हुन्छ ।