आइतबार देखि शुक्रबारसम्म काठमाडौँको यी स्थानमा विद्युत् लाइन अवरुद्ध हुने

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भोलि (आइतबार)देखि आगामी शुक्रबारसम्म काठमाडौँको विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने जानकारी दिएको छ ।

    कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्न लागिएकोले विद्युत् सेवा प्रभावित हुने भएको हो । यी तीन केन्द्र अन्तर्गत विभिन्न स्थानहरूमा बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको छ ।

    आइतबार देखि शुक्रबारसम्म काठमाडौँको यी स्थानमा विद्युत् लाइन अवरुद्ध हुने

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *