भारतको चर्चित हास्य कलाकार भारती सिंह अस्पताल भर्ना

मुम्बई । हास्य कलाकार भारती सिंह अस्पतालमा भर्ना भएकी छिन् । उनको पित्तथैलीमा पत्थरी देखिएको थियो जसका कारण अपरेशनको आवश्यकता परेको हो । उनी विगत तीन दिनदेखि पेट दुखेको गुनासो गर्दै आएकी थिइन् ।भारतीले आफ्नो युट्युब च्यानलमा एउटा भिडियो सेयर गरेकी छिन्, जसमा उनले आफ्नो रोगबारे कुरा गरिरहेकी छिन् । यस अवधिमा उनले आफ्नो दुई वर्षको छोरालाई पनि धेरै मिस गरिरहेको बताएकी छिन् ।भारतीले सुरुमा आफूलाई पेटमा इन्फेक्सन भएको वा फुड पोइजनिङ भएको लागेको सुनाइन् । तर, परीक्षणपछि पित्त थैलीमा पत्थरी भएको पाइयो । यो रोग यस्तो छ कि शल्यक्रिया बिना निको हुन सक्दैन। भारती हाल मुम्बईको कोकिलाबेन अम्बानी अस्पतालमा भर्ना छिन् ।भारतीले सन् २०१७ मा लेखक हर्ष लिम्बाचियासँग विवाह गरेकी थिइन् । उनले सन् २०२२ मा छोरालाई जन्म दिइन् ।

भारती हर्षभन्दा ७ वर्ष जेठी छिन् । करिब ७ वर्ष डेटिङ गरेपछि दुवैले एकअर्कालाई जीवनसाथी रोजेका थिए ।

हर्षले प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकका लागि संवाद लेखेका थिए । यसबाहेक उनले फिल्म ‘मलंग’ को टाइटल ट्र्याक पनि लेखेका छन् । अर्कोतर्फ, भारती सिंह कमेडी जगतमा चर्चित नाम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *