नेपालको एक मात्र रेलसेवा आजदेखि ३ दिनका लागि बन्द

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा आजदेखि ३ दिनका लागि बन्द हुने भएको छ।

भारतमा हुने तेस्रो चरणको निर्वाचनका कारण नेपालको एक मात्र रेल सेवा ३ दिनसम्मका लागि बन्द रहने भएको हो।

भारत बिहारको मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ (वैशाख २५) मा लोकसभा चुनाव हुन लागकोले रेलसेवा तीन दिनका लागि बन्द गरिएको नेपाल रेलवे कम्पनी लिमिटेडले जनाएको छ।

चुनावको २४ घण्टा पहिले बन्द गर्नुपर्ने भएकाले आजदेखि जयनगर–जनकपुर–भंगहा रेलसेवा बन्द हुने कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए।

इन्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्नेगरी नेपाल भारतका दुवै पक्ष सम्मिलित बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णयअनुसार रेलसेवा मङ्गलवारसम्म पूर्णरूपमा बन्द रहने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *