टिस्यु पेपरमा ‘बम’ लेखेको भेटिएपछि उड्न लागेको विमानमा मच्चियो आतंक

    काठमाडौं । भारतको राजधानी दिल्लीको इन्दिरा गान्धी विमानस्थलमा एयर इन्डियाको विमानको शौचालयमा टिस्यु पेपरमा ‘बम’ लेखिएको फेला परेपछि त्यहाँ हंगामा मच्चिएको छ । यो उडान दिल्लीबाट गुजरातको बडोदरा जाँदै थियो। चालक दलका एक सदस्यले विमानको शौचालयमा “बम” लेखिएको टिस्यु पेपर फेला पारे। प्रहरीले बिहीबार सो जानकारी दिएको हो । बुधबार साँझ उक्त नोट फेला परेपछि विमान खालि गराएर पूरै विमानको खोजी गर्दा पनि शंकास्पद केही नभेटिएको एक प्रहरी अधिकारीले बताए । साँझ ७ बजे चालक दलका सदस्यले टिस्यु पेपर देख्दा विमान उड्न तयार रहेको उनले बताए । अधिकारीका अनुसार केन्द्रीय औद्योगिक सुरक्षा बल र दिल्ली पुलिसलाई सूचित गरिएको थियो र यात्रुहरूलाई विमानबाट ओर्लन भनियो। उनले विमानको पूर्ण अनुसन्धान भइसकेको तर केही नभेटिएको बताए । त्यसपछि यात्रुहरू अर्को विमानबाट आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *