‘म हुँ गौशाला’ ;सावित्री सुवेदी (जयनारी)

    काठमाडौं, जेठ ३ गते । ‘जय नारी’ उपनामले परिचित सामाजिक अभियान्ता सावित्री सुवेदी महिलाहरुको विषयमा आवाज उठाउँछिन् । खासगरी बलात्कार पीडितहरुको पक्षमा उनी खरो रुपमा उभिन्छिन् । महिला पितृसत्ताको दमनमा विगतदेखि परेको र अहिलेपनि कायम रहेकाले त्यसलाई भत्काउन आन्दोन जारी रहेको उनले अभिव्यक्ति दिन्छिन् ।

    A क्रिकेटरलाई बलात्कारको अभियोग लागेदेखि नै A विरुद्ध उत्रिएकी सावित्री अदालतको फैसलापछि थप आक्रोशित छिन् । उनले यो मुद्दामा A क्रिकेटरले सफाइ पाउनु गौशाला २६ को हार नभई महिलालाई जाबोमा सिमित गर्ने र महिलाका अपराधिलाई सेलिब्रेट गर्ने सबै संस्था, संरचना र मानसिकताहरुलाई नभत्काई हाम्रो आन्दोलन रोकिँदैन भनेकी छिन् । उनले त्यसअघि लेखेकी छिन् आज हामीले हारेका छैनौँ । बरु बलियो गरि संकल्प गरेका छौँ ।

    त्यो भन्दा अघि उनले म हुँ गौशाला, तिमी हौ गौशाला ! भन्दै अत्यन्तै कडा अभिव्यक्ति दिएकी थिइन् । केही समय अघि टिभी शोमा नै उनले पशुको संज्ञा दिँदै बध गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् । त्यो निक्कै विवादमा परेको थियो । त्यो अभिव्यक्तिबाट पीडितले न्यायका लागि अदालत जाने र मान हानीको डण्डा चलाउने बताएका थिए । यद्यपी त्यो अझै अघि बढेको छैन । अब के हुन्छ, त्यो भने हेर्न बाँकी छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *