काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै राती देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आजको मौसम !
Related Posts
गण्डक सम्झौता कार्यान्वयनमा नेपालले पहल गरोस् : विनोद चौधरी
काठमाडौँ, १३ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा...
गठ्ठाघर चोकमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु
काठमाडौँ, १३ मंसिर । भक्तपुरको गठ्ठाघर चोकमा ट्रकले स्कुटरलाई ठक्कर...
परराष्ट्रमन्त्री राणा आज चीन जाँदै
काठमाडौँ, १३ मंसिर । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन...