काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन थुनामा राख्न अनुमति दिइएकाे छ । जिल्ला अदालत धनुषाले जमानतमा रिहा गर्न अस्वीकार गर्दै थप ३ दिन थुनामा राख्ने आदेश गरेको हो । सिरोहिया नागरिकता विवादमा यसअघि दुई पटक म्याद थप भएर थुनामा रहेका छन् । नागरिकता विवादमा उनलाई गत मंगलबार काठमाडौँ पक्राउ गरिएको थियो । शुक्रबार अदालत पेस गरिनुअघि सरकारी वकिलको कार्यालयमा सिरोहियासँग ३ घण्टा लामो बयान लिइएको थियो। पहिलोपटक गत बुधबार पनि अदालतले सिरोहियाविरुद्ध ३ दिन नै म्याद थपेको थियो
सिरोहियालाई थप ३ दिन थुनामा राख्ने अनुमति
Related Posts
उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध मत जाहेर गर्ने अवसर : प्रचण्ड
काठमाडौँ, १२ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...
मन्त्रालयहरुको त्रैमासिक समीक्षा- प्रभावकारीरुपमा परिणामूलक काम गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा...
राजनीतिक क्षेत्रमा महिलाहरुलाई शारीरिकभन्दा पनि मानसिक हिंसा बढी हुन्छ : ओनसरी घर्ती
काठमाडौँ, १२ मंसिर । नेपालको पहिलो महिला सभामुख ओनसरी घर्तिमगरले...